पौष १५ गते २०७७

बुधबार सुनचाँदीको भाउ बढ्यो

काठमाडौं,१५ पौष ।

आज (बुधबार) सुनचाँदीको भाउ बढेको छ । आज सुन तोलामा १०० रुपैयाँले बढेर कारोबार भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको लागि छापावाला सुन प्रतितोला ९४ हजार २०० रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ । मंगलबार छापावाल सुन तोलामा ९४ हजार १०० रुपैयाँ र तेजाबी सुन प्रति तोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।