माघ १८ गते २०८०

विद्यार्थीलाई स्वबलम्वी बनाउन अतिरिक्त ज्ञान आवस्यक, डा. शर्मा

कमल पौडेल अथक
पोखरा १८, माघ
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीलाई स्वबलम्वी वनाउन पाठ्यक्रम बाहेकको अतिरिक्त ज्ञान आवस्यक रहेको बताएका छन् ।
शिक्षा विकास निर्देशनालय गण्डकीद्धारा आयोजित प्रश्नपत्र तथा उत्तर पुस्तिका निर्माण सम्वन्धी प्रदेश स्तरीय कार्यशालाको विहीवार पोखरामा उद्घाटन गर्दै शर्माले सो कुरा वताएका हुन् ।
हामीले अहिलेसम्म विद्यार्थीलाई कक्षाकोठामा राखेर कितावी शिक्षा दिँदैछौ, नतीजा पनि कितावकै आधारमा निकाल्छौें त्यसैले विद्यार्थी कमजोर भएका छन् ।
कितावबाट वाहिर निस्कँदा विद्यार्थी अत्यन्तै कमजोर देखिनुको कारण नै यही हो यसमा विद्यालयहरुले सुधार गर्न सक्छन् र गरेदेखि सुधार हुन्छ उनले भने ।
केही विद्यालयले आफ्नै प्रयासमा शिक्षाको गुणस्तरमा सुधार गरेको उनले वताए । उनले सरकारले शिक्षा क्षेत्रमा ४ हजार मास्टर ट्रेनर उत्पादन गर्ने योजनामा लागेको वताए । प्रश्न पत्र र उत्तर पुस्तिका निर्माणमा सुधार गर्दै अगाडि वढ्नुको विकल्प नभएको उनको भनाई छ ।
शिक्षा विभागका पूर्व महानिर्देशक बाबुराम पौडेलले हेपिएको र कमजोर मानसिकता भएको शिक्षकवाट मेधावी विद्यार्थीको अपेक्षा गर्नु गलत हुने वताए । उनले शिक्षाको सुधार गर्न भुइँ तहमा नै सफा गर्न आवस्यक रहेको वताउँदै विद्यायलय शिक्षा नै विद्यार्थीको जग हो भन्ने कुरा शिक्षकले भुल्न नहुने वताए । नेपालको शिक्षा ऐन नयाँ वनाउन आवश्यक रहेको समेत उनले वताएका छन् ।
उनले २०११ सालमा वनेको शिक्षा ऐन संशोधन गरेर चलाउँदै आउँदा शिक्षामा थुप्रै समस्या आएको वताउँदै सो ऐन पूर्ण खारेजी गरी नयाँ शिक्षा ऐन वनाउनु आजको आवस्यकता भएको वताए । शिक्षकले हिनताभावले होइन गौरवका साथ पढाउने आँट गर्नुपर्छ उनले भने ।
सामाजिक विकास मन्त्रालयका सचिव प्रकाश पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव घनश्याम अर्याल, गाउँपालिका महासंघ गण्डकीका अध्यक्ष नवराज ओझा, निर्देशनालयका महानिर्देशक अम्बिकाप्रसाद आचार्य, उपमहानिर्देशक घनश्याम पौडेल, सहजकर्ता टीकाराम भट्ट र सहभागी शिक्षक रुपा घिमिरे लगायतले वोलेका थिए ।
दुइ दिनसम्म चल्ने सो कार्यशालामा अंग्रेजी, गणित, विज्ञान, सामाजिक र स्वास्थ्य तथा जनसंख्या गरी ५ वटा विषयका शिक्षकहरुको सहभागीता रहेको छ । कार्यशालामा गण्डकी प्रदेशका १ सय वढी शिक्षकहरुको सहभागिता रहेको शिक्षा विकास निर्देशनालय गण्डकीका महानिर्देशक अम्बिकाप्रसाद आचार्यले जानकारी दिएका छन् । खास गरी आउँदो एसइइ परीक्षालाई मध्य नजर गर्दै शिक्षकहरुको क्षमता अभिबृदि गर्न कार्यशालाको आयोजना गरिएको उनले जानकारी दिए ।
यो कार्यशालाले शिक्षकलाई उत्तरदायी बनाउने र प्रश्नपत्रमा वारम्वार दोहोरिने कमी कमजोरी हटाउन शिक्षकहरु सक्षम हुने अपेक्षा गरेको महानिर्देशक आचार्यले वताए ।