पोखराका फोटो पत्रकार प्रेम ललितकला प्रज्ञा प्रतिष्ठानद्वारा पुरस्कृत
१५ जेठ ,काठमाडौं
पोखराका फोटो पत्रकार प्रेम थापालाई नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानले सम्मान गरेको छ । मंगलबार काठमाडौंमा आयोजित समारोहमा उनलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री हितबहादुर तामाङले सम्मान गरे ।
प्रतिष्ठानद्वारा आयोजित वागमती प्रदेशस्तरीय ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ बाट राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१ का लागि छनोट भइ वास्तुकला तथा अन्य सिर्जनात्मक ९बहुआयामिक० कलाअन्तर्गत फोटोग्राफी विधातर्फ उनी वागमती प्रदेशबाट नगद ३० हजारसहित पुरस्कृत भएका हुन् ।
हाल परिचय डटकममा आबद्ध उनी फोटोग्राफीसहित छायांकन, सम्पादनमा दक्ष छन् ।
यस वर्ष अरनिको ललितकला राष्ट्रिय प्रज्ञा सम्मान प्राज्ञ किरण मानन्धर ९पूर्व कुलपति० र श्यामवदन श्रेष्ठ ९वरिष्ठ हस्तकलाकार० लाई प्रदान गरियो । पुरस्कारको राशि १ लाख ५० हजार र सम्मानपत्र छ । १ लाख राशिको सर्वोत्कृष्ट राष्ट्रिय ललितकला पुरस्कार सुरेश लवट तुलाधरलाई प्रदान गरियो ।
प्रतिष्ठानले यसअघि गरेको ‘प्रादेशिक ललितकला प्रदर्शनी–२०८०’ मार्फत छानिएका कलाकृति समावेश गरेर यस वर्ष ‘राष्ट्रिय ललितकला प्रदर्शनी–२०८१’ गरेको हो । यो प्रदर्शनी ३० जेठसम्म चल्ने प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छालीले बताए ।
प्रदर्शनी उद्घाटन गर्दै मन्त्री तामाङले प्रतिष्ठानले एउटै छानामुनि विविध कलाको अवलोकन गर्न अवसर दिएको जनाउँदै प्रतिष्ठानले ललितकलाकर्मीलाई प्रोत्साहन र प्रवर्धन गर्न विशेष कार्य गरेको बताए । सो अवसरमा विभिन्न व्यक्तिलाई विधागत पुरस्कार प्रदान गरिएको छ।
प्रदर्शनीमा सहभागी र अप्रतियोगी कलाकृति समेत समावेश गरी ‘राष्ट्रिय ललितकला प्रदर्शनी २०८१’ मा ४ सय ८२ कलाकारका ५ सय २२ कलाकृति प्रदर्शनीमा छन् ।
पोखराका चर्चित अग्रज फोटोग्राफर बिश्वरत्न शाक्यको कृति सिप, सिल्पी र फोटोग्राफी पुस्तक आज बिमोचन भएको छ । फोटोग्राफर संघ गण्डकीले आफ्नो पाचौ बार्षिक उत्सवको उपलक्ष्यमा सो पुस्तकको बिमोचनको...
Read More
भाद्र १५, हेमजा । कास्की जिल्ला माछापुच्छ्रे गाउँपालिकाले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज विषेश महिला सञ्जाल स्तरीय तीज गित प्रतियोगिता शनिवार सम्पन्न गरेको छ । प्रतियागितामा वडा न...
Read More
काठमाडौं, ८ फागुन । सरकारले यही फागुन महिनाभित्र कोभ्याक्स सुविधामार्फत कोभिड–१९ विरुद्धको ‘कोभिशिल्ड’ खोप ल्याउन अन्तिम तयारी गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले २० प्रतिशत जनसङ्ख्या पुग्ने गरी...
Read More
पोखरा ,०२ फागुन । तनहुँको आँबुखैरेनीमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा मध्यनेपाल नगरपालिका ६ लमजुङका १७ वर्षीया अन्वेषा पौडेलको मृत्यु भएको हो...
Read More