बङ्गलादेशको नारायणगंज क्लबद्धारा पोखरामा भएको मैत्रिपूर्ण फुटवलमा समेत विजयी
पोखरा १५, वैशाख
बङ्गलादेशको नारायणगंज क्लब शनिबार पोखरामा भएको मैत्रिपूर्ण फुटवल फुटवल खेलमा समेत विजयी भएको छ । केही दिन अघि काठमाण्डौंमा भएको खेलमा जित हासिल गरेको उक्त क्लवले नेपाल फोटो पत्रकार संघ कास्की संग पोखरा रंगशालामा शनिबार भएको मैत्रिपुर्ण फुटवल खेलमा ५–१ को जित निकालेको हो ।
नारायणगंज क्लबको जितमा मेदी हसन९तोपु० ले ४ गोल र जाकीर हुसेनले एक गोल गर्नु भएको थियो । संघको तर्फबाट शिवजंग क्षत्रीले शान्त्वना गोल गर्नु भयो । पहिलो हापमा दुबै तर्फ गोल रहित खेल बराबरीमा टुंगिए पनि दोश्रो हातमा संघको राम्रो तालमेल मिल्न नसक्दा ५ गोलको सामाना गर्नु पर्यो ।
प्रतियोगितामा सहभागिहरुलाई पोखराका मेयर धनराज आचार्य, संघ कास्कीका अध्यक्ष दुर्गा प्रसाद पौडेल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बरालले मेडल सहित मायाको चिनो हस्तान्तरण गर्नु भयो । यस अघि, राष्ट्रिय खेलकुद परिषदका सदस्य राजेशकुमार गुरुङले रेफ्रि शुसिल केसीलाई वल हस्तान्तरण गरी उक्त खेलको उद्घाटन गर्नु भएको थियो ।संघको तर्फबाट महिला पत्रकार राधिका कडेंल समेत मैदानमा उत्रिनु भएको थियो ।
यसैबिच, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य, प्रमुख प्रशासकिय अधिकृत श्याँमकृष्ण थापा, नेपाल फोटो पत्रकार संघ कास्कीका अध्यक्ष दुर्गा प्रसाद पौडेल, नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल सहितको टोलीले बंगलादेशको टोलीलाई शुक्रबार पोखरामा नेपाली ढाका टोपीको साथमा खादा समेत लगाउदै स्वागत गर्नु भएको थियो । हुसेन कावासरको नेतृत्वमा बंगलादेशबाट फोटो पत्रकार सहितको टोली नेपाल आएको क्लवले जनाएको छ ।
शुक्रबारको स्वागत कार्यक्रममा बोल्दै मेयर आचार्यले पोखरा प्रकृति, संस्कृति र सहासिक खेलकुदको केन्द्र नै रहेको दाबी गर्नु भयो । पोखरालाई पर्यटनको राजधानि घोषणासंगै यस्ता कार्यक्रम हुनुले पोखराको खेल पर्यटनको प्रबद्र्धन हुने उहाँले दाबी गर्नु भयो ।
फोटो पत्रकारिता दिवसको अवसरमा खेलकुदको माध्यमबाट छिमेकी राष्ट्रहरूसँगको आपसी सम्बन्ध बलियो बनाउँदै लैजाने उद्देश्यले मैत्रीपूर्ण फुटबल आयोजना गरिएको बंगलादेशबाट सहभागि मोहमद हुसेनले बताउनु भयो । यसैबिच, विहिबार काठमाण्डौंमा भएको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा बङ्गलादेशको नारायणगंज क्लबले नेपालको राष्ट्रिय फोटो पत्रकार समूह ९एनएफपिजे नेपाल० लाई ५–३ गोलले पराजित गरेको थियो । राष्ट्रिय फोटो पत्रकारिता दिवस २०८१ को अवसरमा उक्त मैत्रिपूर्ण फुटवल खेल भएको हो ।
रारा ताल कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित नेपालको सबैभन्दा ठूलो र प्रसिद्ध ताल हो । यो ताल समुद्र सतहदेखि २,९७२ मिटर उचाईंमा अवस्थित छ । जिल्लाको सदरमुकाम गमगढीबाट परिश्चम...
Read More
भदौ-२७ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले पार्टीभित्र अहिले कुनै समस्या नरहेको बताएका छन। नेकपाको पछिल्लो कार्यविभाजनलाई लिएर वरिष्ठ नेता माधवकुमार नेपाल पक्ष असन्तुष्ट...
Read More
कृषि विकास बैंक सिरहा लहान शाखाबाट डेढ करोड रुपैयाँ ह्याक गरी लुटिएको छ । प्रहरीले दिएको जानकारीअनुसार लहान शाखाबाट काठमाडौं केन्द्रीय कार्यालयमा रकम ट्रान्सफर गरेर ह्याकरले सो रकम लुटेको...
Read More
तनहुँ ,१ असार । डिभिजन वन कार्यालय तनहुँले चितुवाको आक्रमणबाट मङ्गलबार मृत्यु भएका बन्दीपुर गाउँपालिका–१ का चार वर्षीय सुप्रिम बगाले मगरको परिवारलाई काजक्रिया खर्चबापत रु ५० हजार प्रदान गरेको...
Read More