असाेज ८ गते २०७६

सिरहाको लहान शाखाबाट डेढ करोड रुपैयाँ ह्याक गरी लुटियो,लुटेरा पक्राउ

कृषि विकास बैंक सिरहा लहान शाखाबाट डेढ करोड रुपैयाँ ह्याक गरी लुटिएको छ । प्रहरीले दिएको जानकारीअनुसार लहान शाखाबाट काठमाडौं केन्द्रीय कार्यालयमा रकम ट्रान्सफर गरेर ह्याकरले सो रकम लुटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।पक्राउ परेका तीनैजना नेपाली नागरिक रहेको प्रहरी उच्च स्रोतले जानकारी दियो ।

“कृषि विकास बैंक केन्द्रीय कार्यालयले सिरहा प्रहरीलाई रकम लुटिएको बारेमा जानकारी गराउँदै खोजीदिन आग्रह गरेपछि यो विषय बाहिर आएको हो,”स्रोतले भन्यो, “अनुसन्धान जारी छ । अहिले नै सबै विषय बताउन मिल्दैन ।”