माघ ५ गते २०८२

कास्की मोर्डनाइज्डले नाटक मञ्चन गर्ने

 माघ ०४, पोखरा ।

पोखरा १४ चाउथेमा अवस्थित कास्की मोर्डनाइज्ड स्कुलले नाटक मञ्चन गर्ने भएको छ। नाटकबाट शिक्षा सिकाइमा नविनता भन्ने उद्देश्य सहित पोखरा थिएटरको आयोजनामा हुन गइरहेको छैटौं संस्करणको विद्यालय नाटक महोत्सवमा नाटक मञ्चन हुने भएको हो। यही माघ १० गते देखि १९ गतेसम्म हुने नाटक महोत्सवको उद्घाटन यसै विद्यालयको नाटक यमद्वारबाट गरिने भएको छ ।

यस नाटकलाई अजय कुमार जि.सीले लेखेका हुन् भने निर्देशन रमेश तिमल्सिनाले गरेका छन् । यस नटकमा आवेगमा लिईएका फैसलाहरु प्रतिको पश्चताप र त्यसले परिवारमा पार्ने प्रभावलाई कलात्मक ढंगबाट प्रस्तुत गरिएको निर्देशक तिमल्सिनाको भनाइ रहेको छ । एक पटक हार्नु भनेको सधैंको लागि हार्नु होईन भन्ने सन्देश नाटकले दिएको छ ।

नाटकमा कृपा सापकोटा, सुजता क्षेत्री , दीप्तिका गुरुङ, जमुना सुनार, सिम्रन पाठक, सखी गुरुङ, प्रमिशा बस्याल, विमर्श पोख्रेल, सोनिसा भण्डारी, आस्मा कारञ्जीत, दिवस थकाली, सेरिजा थापा, शुभम मानन्धर, सुशान्त ताम्राकार, अरुण श्रेष्ठ लगायतको अभिनय रहेको छ । नाटकमा कक्षा ६  देखि १० सम्मका ड्रामा क्लास लिँदै आएका विद्यार्थीहरूको सहभागिता रहेको छ। यतिबेला विद्यालयको सभाहलमा रिर्हसल चलिरहेको छ।

नाटक थिएटरमा देखाउन पाइने र उद्घाटन नाटक नै आफ्नो विद्यालयले गर्ने भएपछि कलाकारहरू उत्साहित देखिन्छन् ।