जेठ ९ गते २०८२

हेमजा गाउँ

गण्डकी प्रदेशको राजधानी कास्की जिल्लामा अवस्थित पोखरा महानगरपालिका नेपालको सबैभन्दा ठूलो तथा पर्यटकीय शहर हो । पोखरा महानगरपालिकामा रहेका विभिन्न ३३ वडाहरू मध्ये उत्तरी क्षेत्रमा रहेको रमणीय, कृषि योग्य जैविक विविधताले भरिपूर्ण वडा २५ नं वडा हो। जसलाई हेमजा भनेर चिनिने गरिन्छ । हेमजा अन्नपूर्ण तथा माछापुच्छ्रे हिमालय पर्वतमाला तथा सेति नदिको काखमा अवस्थित प्राकृतिक दृश्य तथा भुवनावटले निकै नै आकर्षित रहेको छ । मध्य पहाडी लोकमार्ग हेमजाको विचभागवाट गएको छ । बिस्तारै हेमजा बिकसित शहरको रुपमा परिणतहुंदै गइरहेको छ ।