फागुन १२ गते २०८१
‘मृगौला फेल’ लिलाको उपचारमा सहयोगको अपिल
रमेश तिमल्सिना
फागुन १२, पोखरा । मृगौला फेल भएकी बिरामी गंगाजमुना गाउँपालिका–६ बसेरी राईगाउँकी लिला राईको उपचारका लागि सहयोग जुटाउन अभियान थालिएको छ । दुबै मृगौला फेल भएपछि हाल विर अस्पताल काठमाण्डौंमा उपचार गराइरहेकी लिालाको सहयोगार्थ अभियान्ता कपिन्द्र अधिकारीको पहलमा सहयोग सङ्कलन अभियान सुरु गरिएको हो ।
विपन्न परिवारका लिालाको उपचारका लागि करिव १५ लाख रुपयाँ खर्च लाग्ने भएपछि ‘लिला राई बचाऔँ अभियान’ थालिएको अधिकारीले बताए । पारिवारिक स्रोतका अनुसार लिला बिगत दुई बर्ष देखि यो रोग बाट ग्रसित छिन् । आफ्नी बुहारी लिलाको लागि सासु आमाले एउटा मृगौला दिन मञ्जुर भए पनि प्रत्यारोपण गर्न खर्चिलो हुने अस्पताल प्रशाशनले जनाए पछि अबस्था झन जटिल बनेको हो । अहिले दुबै जनाको स्वास्थ्य परिक्षण चलिरहेको छ ।
लिलालाई सहयोग गर्न अभियान्ता अधिकारीको नेपाल राष्ट्र बैंकको खाता नम्बर ३०६०१०००००४०११०४ मा जम्मा हुनेगरी क्यूआर गरेर सहयोग रकम प्रदान गर्ने व्यवस्था मिलाइएको छ । तपाईको शोईच्छाले सहयोग रकम प्रदान गर्न सक्नुहुनेछ । सहयोग रकम क्युआर गरे पश्चात सो को स्क्रीनशट अधिकारीलाई फेसबुकमा पठाउन अनुरोध गरेका छन् । पारदर्शीताको लागि जम्मा भएको स्क्रीनशट सहितको रकम हरेक दिन फेसबुक मार्फत जानकारी दिने उनले बताए ।
लिालाको सहयोगार्थ स्वदेशदेखि विदेशसम्म फोन तथा सामाजिक सञ्जाल मार्फत अनुरोध गरिएको र रकम जुट्न सुरु भएको पनि अधिकारीले बताए । घरको आर्थिक अवस्था दयनीय भएको भन्दै सहयोग गरी लिलाको जिबन बचाईदिन सबै संग परिवारले आग्रह गरेको छ ।