माघ ११ गते २०७७
मृतकको संख्या २ हजार नाघ्यो, गत २४ घण्टामा ७ जनाको मृत्यु
काठमाडौं, ११ माघ ।
नेपालमा कोरोना संक्रमित मृतकको संख्या २ हजार नाघेको छ। गत २४ घण्टामा थप ७ जना संक्रमितको मृत्यु भएसँगै मृतकको संख्या २ हजार १ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
गत २४ घण्टामा ४ हजार ४ सय १३ जनाको पिसिआर परीक्षण गर्दा २ सय ७० जनामा कोरोना पुष्टि भएको छ। यो सँगै नेपालमा पिसिआर परीक्षण हुनेको संख्या २० लाख ४३ हजार २ सय ५५ पुगेको छ।। हाल १ सय ४५ जना क्वारेन्टाइनमा छन्।
गत २४ घण्टामा ४ सय ३ जना उपचारपछि डिस्चार्ज भएका छन्। यो सँगै नेपालमा निको हुनेको संख्या २ लाख ६४ हजार १ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ।