असार ४ गते २०८१

हेमजा भेट्रान्स कपको दोस्रो दिन ३ खेल सम्पन्न वडा ६, १० र २५ क्वाटरफाईनलमा प्रवेश ।

 

असार २ हेमजा । हेमजा यूनाईटेडको आयोजना तथा पोखरा महानगरको संरक्षणमा पोखराको हेमजामा शनिबार देखि सुरु भएको अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ को दोस्रो दिन ३ खेल सम्पन्न भएको छ । जस्मा वडा न। ६ ले वडा न। १५ लाई २–० र वडा न।१० ले वडा नं २० लाई ३–१ र वडा नं २५ ले वडा नं २९ लाई ५–२ को गोल अन्तरले अग्रता निकालदै वडा न ६, १० र २५ क्वाटरफाईनलमा प्रवेश गरेको छ ।
भोलि पहिलो खेल वडा न। ११ र १७ र दोस्रो खेल वडा न।४ र वडा न।१३ विच हुनेछ । असार ७ गते सम्म जारी रहने अन्तर वडा स्तरीय हेमजा भेट्रान्स कप २०८१ को प्रथम पुरस्कार रु १,११,१११ र– र द्धितिय पुरस्कार ५५,५५५ – साथमा ट्रफी,मेडल र प्रमणपत्र रहेको छ । साथै सर्वोकृष्ट खेलाडीलाई नगद रु ५,००० –,सर्वाधिक गोलकर्ता,गोलरक्षक,डिफेन्डर,मिडफिलड,फरवार्ड लाई प्रत्यक विधामा नगद रु २०००– साथमा ट्रफी प्रदान गरिने छ ।
क्वाटरफाईनल देखिका खेलहरुमा म्यान अफ दि म्याच धोषित गरि ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ ।