वैशाख २ गते २०८०

पोखरा स्पोर्ट्स अवार्डलाई केल्मीको साथ

वैशाख १ काठमाण्डौं । नेपालीबजारमा छुट्टै स्थानबनाएको केल्मी ब्राण्डले सातौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०७९’ लाई सहयोग गर्ने भएको छ । यहीवैशाख २३ गते शनिबार पोखरा सभागृह हलमाआयोजनाहुने उक्त अवार्डलाई सफलपार्न केल्मीको नेपालको लागिआधिकारीक बिक्रेताकामारु ट्रेडिङ प्रा.लि.ले सहयोग गर्ने भएको नेपाल खेलकुदपत्रकार मञ्च गण्डकीले जनाएको छ ।
प्रा.लि.का म्यानेजिङ डाईरेक्टर उत्तमन्यौपाने र मञ्चकाअध्यक्षदीननाथ बराल बिच सम्झौतापत्रमा हस्ताक्षर भएको मञ्च गण्डकीका महासचिव राजारामपौडेलले बताए । प्रा.लि.ले मञ्चलाई उक्त अवार्ड सफलपार्न करिब एक लाख ५० हजार बराबरको सहयोग गर्ने भएको हो । नेपालकै लोकपृय व्राण्ड केन्मीले मञ्चको उक्त अवार्डलाई सफलपार्न सहयोग गरेकोमामञ्चकाअध्यक्ष बरालले आफ्नो क्षेत्रबाट उक्त ब्राण्डको प्रबद्र्धनमाआवश्यक सहयोग गर्ने बताए । मञ्च गण्डकीले हरेकबर्षजसो उक्त अवार्ड गरेकोले पहिलो पटक सहकार्य गर्ने अवसरमादिएकोमाप्रा.लि.का म्यानेजिङ डाईरेक्टर न्यौपानेले धन्यवाददिदै आगामीदिनमापुनः सहकार्य गर्ने वचनदिए । केल्मी ब्राण्डले नेपालीक्रिकेट, फुटवल, भलिवल, गल्फलगायतका खेलहरुसंग समेत सहकार्य गर्दै आएको न्यौपानेले बताए ।

मञ्चकाअध्यक्ष बराल सहित सचिवशशिकुमार पौडेल सहितको टोलीउक्त अवार्ड सफलपार्न पूर्व तयारी स्वरुप काठमाण्डौं जाने क्रममा केल्मी सहित राष्ट्रिय खेलकुद परिषद (राखेप) ले समेत सहयोग गर्ने भएको हो ।

सातौं सस्करणको पोखरा स्पोटर््स अवार्ड कार्यक्रममा लाइफटाइम अचिभमेन्ट अवार्ड, वर्ष खेलाडी पुरुष, वर्ष खेलाडी महिला, वर्ष उदीयमान खेलाडी, वर्ष उत्कृष्ट प्रशिक्षक, वर्ष उत्कृष्ट खेलकुद संघसंस्थावाक्लब र वर्ष उत्कृष्ट खेल पत्रकारलाई अवार्ड दिने प्रदानगरिनेछ ।

अवार्ड कार्यक्रमलाई सफलबनाउन गण्डकी प्रदेश सरकार, प्रदेश खेलकुद परिषद गण्डकी, पोखरा महानगरपालिकालगायतले सहयोग गर्ने तय भैसकेको छ । यसैगरी उदीयमानखेलाडीको पुरस्कार सहारा क्लबपोखरा, वर्ष उत्कृष्ट खेलकुद संघसंस्थावाक्लबतर्फको पुरस्कार टाईगर ग्रुपअफपोखरा नेपालले तथाउत्कृष्ट खेल पत्रकारको पुरस्कार रामबजार निवासी स्व.सेनानी हेमबहादुर पुनको परिवारले प्रायोजन गर्ने सम्झौताभएको महासचिवपौडेलले जानकारी दिए । अवार्ड कार्यक्रमको मितिनजिकिदै गर्दा मञ्चले तयारीलाई तिव्रतादिएको छ । तयारीकै शिलशिलामाअध्यक्ष बराल र सचिवपौडेल यतिबेला काठमाण्डौंमा छन् ।

यसैबिच भोलि(शनिबार) पोखरा रंगशालामादिउँसो ३ः०० बजे पोखरा स्पोट्र्स अवार्डलाई सफलपार्न विभिन्न खेल संघ संस्था÷क्लवको भूमिकाबिषयक छलफल कार्यकमहुने भएको मञ्चकाउपाध्यक्षएवं कार्यक्रम संयोजक सुरज श्रेष्ठले बताए ।