फागुन २३ गते २०८२
कास्की २ मा पौडेलले मारे बाजी
पोखरा । कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का उम्मेदवार उत्तम पौडेल निर्वाचित भएका छन्। उनले एमालेले भन्दै आएको किल्ला तोडेका हुन् । एमालेले २०६४ यताका कुनै पनि चुनाव हारेका थिएन ।
गण्डकी प्रदेश निर्वाचन कार्यालयका अनुसार कास्की २ बाट निर्वाचित उत्तमले ३१ हजार ९११ मत ल्याउँदै निर्वाचित भएका हुन्। उनी झण्डै २५ हजार मतान्तरले विजयी भए।
उनका निकटतम प्रतिस्पर्धी एमालेमा रश्मि आचार्यले ७ हजार ४९३ मात्र पाए। काँग्रेसका माधवप्रसाद बास्तोलाले ६ हजार ५ मत ल्याए।
राप्रपाका हेमजंग गुरूङले १ हजार ६४३, नेकपाका किरणले १ हजार २७६ र उज्यालो नेपालका कुशल गुरूङले १ हजार २०१ मत ल्याए । यहाँ १७ उम्मेदवार थिए।
पत्रकारिताबाट राजनीतिमा छिरेका रास्वपाका उत्तमले सभापति रवि लामिछानेसँगै टिभीमा काम गरेका थिए ।
जितपछि उनले जेनजी आन्दोलनको मर्म र पार्टीको वाचापत्र बमोजिम देशलाई विकास र समृद्धिमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।