पौष ४ गते २०८१

कैलाशको स्थापना दिवस मा रक्तदान,१०१ यूनिट रगत संकलन

 

३ पुष, पोखरा
पोेखरा ४ टुंडाको पाटन स्थित रहेको कैलाश बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औं स्थापना दिवस को अवसर पारेर आयोजना गरेको रक्तदान कार्यक्रममा १०१ यूनिट रगत संकलन भएको छ ।
कैलाश बचत तथा ऋण सहकारी संस्थाले आफ्नो १४ औ बार्षीक उत्सब मनाऊने क्रममा आज पोखरा–४ टुंडाको पाटनस्थित कार्यालय परिसरमा रक्तदान सम्पन गरेको हो । प्रमुख अतिथि पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तामाङले सहकारीका पूर्व अध्यक्ष तथा सल्लाहकार दुर्गा प्रसाद पौडेललाई ब्लडब्याग हस्तान्तरण गरी उद्घाटन गरेका थिए ।

कार्यक्रमको उद्घाटन गर्दै प्रमुख अतिथि तामाडले सहकारी संस्थाले यस्ता प्रकारका सामाजिक कार्यका साथै फोटोग्राफरहरुको आर्थिक तथा सामाजिक परिवर्तनमा बिशेष भुमिका खेलेको बताउदै संस्थाको उत्तरोत्तर प्रगतिको कामना गरे । कार्यक्रममा संस्थाका सल्लाहकार तथा पूर्व अध्यक्ष जिवन ढुंगाना दुर्गा प्रसाद पौडेल,शिवहरी अधिकारीले स्थापनाकाल देखीका स्मरणहरु सुनाए । सल्लाहकार तुलसीराम सुवेदी,बलराम शर्मा,रविनाथ दाहाल,इन्द्र प्रसाद पौडेल, पोखरा फोटोग्राफर संघका सचिव लक्ष्मीपति पौडेल ,उपाध्यक्ष नन्दकला पौडेल, पूर्व सचिव देवानन्द पोख्रेल, सिद्धार्थ टोल बिकास संस्थाका उपाध्यक्ष भवानी माकाजु लगाएतका वक्ताहरुले शुभकामना मन्तब्य राखेका थिए भने हाल अमेरिका रहेका संस्थापक अध्यक्ष नविनराज पौडेलले सामाजिक संजाल वाट शुभकामना तथा कार्यक्रमको सफलताको सन्देश पठाएका थिए ।

नेपाल रेडक्रस सोसाईटी प्रादेशिक कार्यालय गण्डकीको प्रबिधिक सहयोगमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको थियो भने संस्थागत सहयोगी संस्थाका रुपमा पोखरा फोटोग्राफर संघ र फोटोग्राफर संघ गण्डकी रहेका थिए ।
संस्थाका अध्यक्ष खडानन्द अधिकारीको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्था उपाध्यक्ष बिनोद राज ढकालले स्वागत मन्तब्य राखेका थिए भने संस्थाका सचिब बिष्णुहरी अधिकारीले कार्यक्रम सञ्चालन गरेका थिए त्यस्तै सहकारीका सात सिद्धान्त महिला उपसमिति संयोजक पुर्ण कुमारी थापाले बाचन गरेकी थिईन ।
संस्थाको १४ औं स्थापना दिवसको अवसर पारेर संस्थाकै प्राङगणमा सांझ द्विप प्रज्वलन तथा चियापानको आयोजना गरिएको थियो ।

पोखराका फोटोग्राफरहरु मिली २०६८ मा स्थापित सहकारीले स्थापनाकाल देखी नै विभिन्न सामाजिक कार्यहरु साथै नियमित रक्तदान सहित विविध कार्यमा सकृय रहदै कुल १५ करोड को कारोबार सहित कर्जा लगानी १० करोड गरेको छ । कुल शेयर पुंजी ३ करोड २५ लाख रहेको संस्थामा बचत रकम ९ करोड रहेको छ । संस्थाले आफ्रनै लगानीमा फ्रेम उद्योग फोटो प्रिन्टिङ,फ्लेक्स प्रिन्टिङ आदी संचालन गरिरहेकोे छ ।