मंसिर २१ गते २०८१

मंसिर २२ गते हेमजामा निशुल्क स्वास्थ्य शिविर

मंसिर २१ , हेमजा ।

नेपाली जनप्रगतिशिल मञ्च जापानको आयोजनामा यहि मंसिर २२ गते हेमजामा निशुल्क स्वास्थ्य शिविर हुने भएको छ ।
शिविर विशेष गरि पोखरा–२५, हेमजा साथै छिमेकी गाउँपालिकाका नागरीकहरुको स्वास्थ्य लाभका लागि आयोजना गरिएको मञ्चका अध्यक्ष मोहन पौडेलले बताए
स्थानिय सहयोगी गौरिशंकर आमा समुहका अध्यक्ष उमा भुर्तेल पौडेलका अनुसार शिविरमा किरण गुरुङ मेडिकल र आर।सी हेल्थ क्लिनिकको प्राविधिक सहयोग, गौरीशंकर आमा समुह हेमजाको सहजिकरण रहने छ ।
विशेषज्ञ डाक्टरहरुको उपस्थितिमा सुगर, मृगौला तथा महिला सम्बन्धी सम्पुर्ण रोगहरुको परिक्षण गरिने किरण गुरुङ मेडिकलका प्रवन्ध निर्देशक किरण गुरुङले बताए
स्वास्थ्थ परिक्षण गर्न आउँदा खालिपेटमा र नियमित खाईरहेको औषधी साथमा लिएर आउन आर।सि हेल्थ क्लिनिकका प्रवन्ध निर्देशक रामचन्द्र पौडेलले अनुराध गरेका छन ।
उक्त शिविर गौरीशंकर मा.वि हेमजामा विहान ठिक ८ः०० बजे देखि दिनको २ः०० बजे सम्म सञ्चालन हुने छ ।