असाेज १९ गते २०८१
फोटोग्राफरहरुको शुभकामना आदान प्रदान
१९ असोज ,पोखरा
पोखरा फोटोग्राफर संघ तथा कैलाश बचत तथा ऋण सहकारी संस्थाले सयूक्त रुपमा विजयादशमी तथा दीपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेका छन् । सो अवसरमा संस्थाका पूर्व अध्यक्ष कार्य समिति तथा फोटोग्राफरहरु र कैलाश सहकारी संग आवद्ध सेयर सदस्यहरुकोे उपस्थिति रहेको थियो। २०३९ सालमा स्थापित पोखरा फोटोग्राफर संघको पहलमा २०६८ सालमा स्थापना गरेको कैलाश बचत तथा ऋण सहकारी संस्थाले फोटोग्राफरहरुका लागी आर्थिक उपार्जन र आयश्रोतको मुख्य भुमिका खेलेको कुरा संस्थाका पूर्व अध्यक्ष तथा सल्लाहकार जयन्द्र राजभण्डारीले बताए ।
पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तामाङको अध्यक्षतामा भएको कार्यक्रममा कैलाश बचत तथा ऋण सहकारी संसथाका उपाध्यक्ष बिनोदराज ढकाल ले स्वागत गरेका थिए। राष्ट्रिय गान गाएर शुरुभएको कार्यक्रममा पोखरा फोटोग्राफर संघका पूर्व अध्यक्षहरु रविनाथ दाहाल, तुलसीराम सुवेदी, बलराम शर्मा, जयन्द्र राजभण्डारी, मदन सुब्बा निवर्तमान अध्यक्ष रामचन्द्र पोख्रेल लगाएतले शुभकामना मन्तब्य राखेका थिए ।
पोखरा फोटोग्राफर संघ एक सामाजिक उत्तरदायित्व बहन गर्ने संस्था र कैलाश बचत तथा ऋण सहकारी संस्था आर्थिक उत्तरदायित्व बहन गर्ने संस्था भएको ले यि दुवै संस्थाले मिलेर संयूक्त रुपमा काम गर्दा खेरी फोटोग्राफरहरुको उन्नयन तथा अन्य सामाजिक र आर्थिक क्षेत्रमा फड्को मार्ने कुरा पूर्व अध्यक्ष तथा कैलाशका कार्य समिति सदस्य घनश्याम पौडेलले बताए ।
मन्तब्यकै क्रममा कैलाश बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष खडानन्द अधिकारीले पोखरा र पोखरा आसपासका फोटोग्राफरहरुले निर्वाध रुपमा सहकारीका उत्पादनहरु सर्वसुलभरुपमा उपभोग गर्न पाउने छन र सहकारी मार्फत कारोवार गर्नेलाई बिशेष छुटको पनि ब्यवस्था गरिएको कुरा बताए । पोखरा फोटोग्राफर संघका अध्यक्ष भक्त तामाङले अग्रज फोटोग्राफरहको सम्मान गर्दै जाने र उहाँहरुको योगदानलाई कदर गर्दै फोटोग्राफरहरुको ब्यवसायिक हक हित लाई सर्वोपरि राखी संस्था अगाडी बढाइने कुरा ब्यक्त गरे साथै संस्थागत कार्यहरु समामजिक कार्यहरु उद्येश्य मिल्ने जति कार्यक्रमहरु दुवै संस्थाले संयुक्त रुपमा गर्ने कुरामा जोड दिए । उनले निकट भविश्यमा पोखरामा एउटा हेर्न लायक संग्रालय बनाउने जसमा पोखरामा र अहिले सम्म निस्केका क्यामराहरु र फोटोग्राफी सरसामान हरु रहने छन यो कार्यका लागी सबै फोटोग्राफरहरुलाई सहयोगको आव्हान पनि गरे ।उक्त कार्यक्रम कैलाश बचत तथा ऋणसहकारी संस्थाका सचिव बिष्णुहरी अधिकारीले सञ्चालन गरेका थिए ।