भाद्र २० गते २०८१
पोखरा महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधि सहितको जम्वो टोली जापान भ्रमणमा, पालै पालो भ्रमण, उपलव्धी शून्य
कमल पौडेल अथक
पोखरा २०, भदौ
पोखरा महानगरपालिका कर्मचारी, पूर्व कर्मचारी र जनप्रतिनिधि सहितको जम्वो टोली यतिबेला जापान भ्रमणमा गएको छ । यही भदौ १८ गते सो टोली पोखराबाट जहाज चढेर काठमाण्डौ हुँदै जापानतिर लागेको हो । जापानको कोमागाने नगरपालिकाको निमन्त्रणमा जापान गएको सो टोली भदौ २८ गते पोखरा आइपुग्ने बुझिएको छ ।
भ्रमण टोलीमा पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा, वित्त प्रमुख जयराम पौडेल, प्रशासन महाशाखा प्रमुख कृष्णप्रसाद तिवारी, लेखा अधिकृत अर्जुन वराल र पोखरा महानगरपालिकावाट जागिर छोडिसकेका पूर्व इन्जिनियर शारदामोहन काफ्ले रहेका छन् ।
त्यसैगरी पोखरा ३ का वडाध्यक्ष प्रकाश उदास, पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद वराल, पोखरा २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङ र कार्यपालिका सदस्य निर्मल दियाली विश्वकर्मा रहेको महानगर प्रशासनका कर्मचारी ईश्वरीप्रसाद पोखरेलले जानकारी दिएका छन् ।
जापानको कोमागाने नगरपालिकाको निमन्त्रणमा नै भ्रमण भएको भनिएको छ मलाई यत्ति मात्र थाहा छ उनले भने ।
भ्रमणले पोखराको कोमागाने पार्क सुन्दरता र पोखरा १६ मा रहेको मातृ शिशुमितेरी अस्पताल र वालस्वास्थ्यको वारेमा चासो राख्ने महानगरप्रशासनका अर्का कर्मचारी डिल्लीराम गिरीले वताए ।
जसले जे भने पनि सो भ्रमण आफूखुसी र मौन मौजी जस्तै रहेको महानगर श्रोतको भनाई छ । पोखरा सँग भगिनी सम्वन्ध गाँसेको जापानको कोमागाने नगरपालिकाले पटक पटक पोखरा महानगरपालिकाका पहुँचवाला जनप्रतिनिधि र कर्मचारीलाई जापान भ्रमण गराउँदै आएको छ ।
पोखराका पहुँचवाला पूर्व र वर्तमान जनप्रतिनिधि, पूर्व कर्मचारी, प्रमुख प्रशासकीय अधिकत, मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतको चाकडी र चाप्लुसीमा लिप्त र सिपालु कर्मचारीहरु वर्षौदेखि निरन्तर जापान जाने आउने गर्दै आएका छन् । त्यसैको एक श्रृंखला अहिलेको भ्रमण पनि हो श्रोतले भन्यो ।
तर वारम्वार जापान जाने ती पात्रहरु घुमफिर गरेर मात्र फर्किन्छन् । उनीहरुले भ्रमणमा गएर के सिके र पोखरालाई के दिए भन्ने उल्लेख गर्न लायक केही कुरा अहिलेसम्म देखिएको छैन महानगर श्रोतको भनाई छ ।
एकपछि अर्को गर्दै गरिने भ्रमणले पोखरा झन् थलिएको छ । शक्ति र पहुँचका भरमा हुने यस्ता भ्रमणहरुले पोखरा महानगरपालिकाका केही इमान्दार कर्मचारी र जनप्रतिनिधिहरुको मनोवल गिराउँदै आएको महानगर श्रोतको भनाइ छ ।
यति मात्रै होइन, पोखरा २५ का वडाध्यक्ष एवं महानगरका प्रबक्ता मोतिलाल तिमिल्सिना अहिले अमेरिका भ्रमणमा छन् । महानगरकै खर्चमा उनी अमेरिका भ्रमणमा गएको श्रोतले जनाएको छ । त्यसैगरी अहिले जापान पुगेको टोली २८ गते नेपाल फर्के लगत्तै महानगरको अर्को टोली अमेरिका भ्रमणको तयारीमा रहेको वुझिएको छ ।
जापान पुगेको टोली फर्के लगत्तै पोखराका मेयर धनराज आचार्य र पोखरा ५ का वडाध्यक्ष विष्णुप्रसाद वराल सहितका व्यक्तिहरु लगत्तै अमेरिका भ्रमणमा जान लागेको एक जनप्रतिनिधिले वताए । उनका अनुसार यो भ्रमणमा पनि पहुँचवाला मात्रै जान लागेका हुन् । एक पछि अर्को गर्दै विभिन्न देशमा भ्रमण गर्ने पोखरा महानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीहरु नागरिकप्रति जवाफदेही छैनन् । यहाँ नियम कानून केही छैन कानूनलाई धोती लगाएर पहँुचका भरमा विदेश सयर गर्दैमा ठिक्क छ ती जनप्रतिनिधिले भने ।
पोखरा महानगरपालिकामा विगतको चुनावमा कांग्रेसको सहयोगमा नेकपा एकीकृत समाजवादीका नेता धनराज आचार्य मेयर छन् । पोखरामा जता ततै समस्याका चाङ छन् । तर मेयर धनराज आचार्यले पोखरालाई पर्यटनको राजधानी घोषणा गर्ने हास्यास्पद काम बाहेक अन्य उल्लेख गर्न लायक कुनै पनि काम गर्न सकेका छैनन् ति जनप्रतिनिधिले भने ।
धनराज मेयर भएपछि पोखरा कस्तो वन्ला भन्ने आशा अपेक्षा राखेका नगरवासीहरु अहिले कुनै पनि काम देखिने गरी सम्पन्न हुन नसकेपछि निराश बनेको गुनासो गर्छन् । पोखरामा एकीकृत समाजवादीका नेता धनराज आचार्य मेयर सहित कार्यपालिकामा कांगे्रसका निर्वाचित वडाध्यक्षको वहुमत छ । तर अधिकांश कांग्रेस र एमालेका वडाध्यक्षहरु मेयरको नजिक वनेर ठेक्का पट्टा र कमिशनमा लागेको केही जनप्रतिनिधिको आरोप छ ।
जसरी हुन्छ मेयरलाई खुसी तुल्याउने र आफ्नो स्वार्थमा लाग्न केही वडाध्यक्षहरु तल्लीन भएपछि पोखराको विकासमा वाधा देखिएको ती जनप्रतिनिधिले वताए । जनप्रतिनिधि र कर्मचारीहरु कि ठेक्का पट्टामा छन् कि त यस्तै विदेश भ्रमणमा मात्र लालायित देखिएका छन् । अझ बर्तमान मात्र नभएर पूर्व जनप्रतिनिधि र पूर्व कर्मचारी समेत वेला वखत विदेश सयर गर्ने अवसर प्राप्त गर्दै आएका छन् । तर जति नै विदेश भ्रमणमा गएपनि उनीहरु आफ्नो लागि मात्र भ्रमण गर्दछन् पोखराको लागि केही गरेको भेटिँदैन महानगर श्रोतको भनाई छ ।
महानगर श्रोतका अनुसार अहिलेका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापा भ्रमणमा मात्र होइन, आर्थिक रुपमा पनि निकै लोभी छन् । महानगरका अस्थायी कर्मचारीहरुसँग मोटो रकम लिएर स्थायी गर्ने मामलामा उनी तल्लीन देखिन्छन् श्रोतले भन्यो । आर्थिक प्रभावमा परेर महानगरका केही अबैध कर्मचारीलाई स्थायी गर्न उनी सक्रीय भएपछि त्यसको विरुद्ध केही कर्मचारीहरु अदालत तिर लागेको महानगर श्रोतको दावी छ ।