असार २७ गते २०८१

मणिपाललाई २० करोड राजश्व छुट किन दिएको भन्दै कांग्रेस नेताहरु महानगरमा

कमल पौडेल अथक
पोखरा २६, असार
मणिपाल अस्पताल भवनको नक्सापास र त्यसमा पोखरा महानगरपालिकाले दिएको कर छुट वारे कांग्रेसले ध्यानाकर्षण भएको जनाएको छ ।
नेपाली कांग्रेस कास्की र कांग्रेस महानगर समितिले ध्यानकर्षण भएको जनाएका हुन् ।
उनीहरुले मंगलवार पोखराका मेयर धनराज आचार्यलाई ज्ञापन पत्र वुझाउँदै महानगरको राजश्व नै घाटा पार्ने गरी दिएको करछुटमा को कसको संलग्नता छ त्यसको जनकारी नगरवासीलाई गराउन माग समेत गरेका छन् ।
साथै उनीहरुले करछुटमा संलग्न जो सुकै भएपनि कारवाही गर्न माग गरेका छन् ।
पोखरा महानगरपालिका राजश्व परामर्श समितिको २०७९ फागुन २५ गते वसेको बैठक र २०७९ चैत्र १० गते बैठकको निर्णय नं ८ मा राजश्व छुट दिन एकतर्फी निर्णय गरिएको कांग्रेसले जनाएको छ ।
यसअघि महानगरमा छापामारी अख्तियारले सम्पूर्ण फाइल लगेर अनुसन्धान गरिरहेको छ ।
मिडियामा समाचार आएपछि महानगरपालिकाले एक छानविन समिति गठन गरेको थियो । अख्तियारले नै कार्यालमा छापा मारेर फाइल उठाएपछि यतिवेला महानगरपालिकाले गठन गरेको सो समिति निष्प्रभी वनेको छ ।
उता २१ करोड ५७ लाख ११ हजार ७ सय ९८ रुपैयाँ ७० पैसा बेरुजू राजश्व बुझाएर मात्र सम्पन्ना लिन मणिपाललाई महालेखा परीक्षकले टिप्पणी लेखेको छ ।
तर मणिपालले नक्सा पास वापत १ करोड ७५ लाख राजश्व मात्र महानगरमा दाखिला गरेको मेयर धनराज आचार्यले वताए ।
प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा एउटा समिति वनाएर त्यो पैसा लिने निधो गरेका हौं उनले भने । यसमा कसैले वद्मासी गरेको भए कारवाही गर्ने मेयर आचार्यले वताए । दाखिला गरिएको रकम वाहेकको रकम खोई अहिले पोखरेलीको चासो त्यही रहेको छ कांग्रेस महानगरसमितिका सभापति सुरेन्द्रमान विजुक्छेले भने ।
मणिपालको राजश्वको विषय २०५३ सालदेखि नै उठ्दै आएको थियो । अहिले मणिपालले तिरेको भनेको न्युन राजश्व पनि ३२ रोपनी जग्गामा वनेका संरचना र जग्गाको मात्र हो त्यो भन्दा वढी जग्गाको राजश्व लिने भने महानगरले मणिपाल संग थप करोडौ रुपैया असुल गर्न पर्ने हुन सक्छ मेयर आचार्यले भने ।
करको विषयमा महानगरमा अख्तियारले छापा मारीसकेपछि मणिपाल अस्पताल पोखरा महानगरपालिका र महालेखा परीक्षको विरुद्धमा सर्वोच्च अदालत गएको छ । एकातिर अख्तियारको अनुसन्धान अर्कोतिर अदालतमा मणिपालको उजुरी अव के निर्णय हुने हो त्यो भने पोखरेलीका लागि प्रतीक्षाको घडी वनेको छ ।
राजश्व छुट सम्वन्धि ध्यानाकर्षण पत्र मेयरलाई बुझाउन कास्की कांग्रेसका नेताहरु युवराज कुँवर, रामवावु भण्डारी, देवेन्द्रभाट, शंकर ढुंगाना, दिलीप गिरी, अम्विका ढुंगाना, धनञ्जय पौडेल र टुवराज वास्तोला लगायत महानगर पुगेका थिए । देशभरका स्थानीय तह मध्ये पोखरा महानगरपालिकाको सवै भन्दा वढी ८० करोड वेरुजू रहेको छ । त्यो मध्ये १७ करोड वेरुजू गत आर्थिक वर्षको मात्र रहेको महालेखा परीक्षकले औंल्याएको छ ।
यसैवीच यसअघि नेकपा एमाले पोखरा महानगरसमिति र राप्रापाले समेत महानगरपालिकाले मणिपाललाई कर छुट दिएको भन्दै विरोध र प्रदर्शन गरेका थिए ।