मंसिर ६ गते २०७८

पोखरामा सुरक्षीत यौन प्रजनन् वारे छलफल


पोखरा ६, मंसिर
कमल पौडेल अथक

पोखरामा सुरक्षीत यौन प्रजनन् वारे छलफल गरिएको छ । कृपा काठमाण्डौको सहयोगमा सामुदायिक विकास प्रतिष्ठानको आयोजनामा सो छलफल गरिएको हो ।
सो अवसरमा वोल्दै प्रदेश स्वास्थ्य निर्देशक खीमवहादुर खड्काले दाताले दिएको सहयोग रहँदासम्म कार्यक्रमहरु संञ्चालन हुने र सहयोग रोकिँदा स्थगित हुने परिपार्टीको अन्त्य गर्नु पर्ने वताए । यसको लागि स्वयं राज्य नै जिम्मेवार वन्नु पर्ने धारणा व्यक्त गरे ।
नेपालमा अहिलेपनि ५८ प्रतिशत महिलाहरुले असुरक्षीत गर्भपतन गराएको तथ्याङ्क छ । यो हुनुमा राज्यको नीति नियम कमजोर रहेको कृपाका सहनिर्देशक महेश पुरीले वताए ।
उनले अमेरिकामा राजनीति परिवर्तन हुने वित्तिकै संञ्चालन भएका कार्यक्रमहरुमा समेत असर पर्ने वताए । सरकारले नै यस्ता विषयमा प्रयाप्त चेतनामूलक कार्यक्रम संञ्चालन गर्न नसक्दा दाताको भरमा कार्यक्रम चलाउनु बाध्यता समेत रहेको उनको भनाई छ ।
सामुदायिक विकास प्रतिष्ठान कास्कीका अध्यक्ष टेकमान प्रधानाङ्गको अध्यक्षतामा भएको कार्यक्रममा स्वास्थ्य कार्यालय कास्कीका प्रमुख वावुराम आचार्य, स्वास्थ्य मन्त्रालयका डा नारायण श्रेष्ठ, कोपिला नेपालका निर्देशक बीना शिलवाल, वडा नं १ का अध्यक्ष शारदा पराजुली, कृपाका कुशुम, शर्मिला ढकाल र संस्थाका सचिव नारायणी कोइराला लगायतले वोलेका थिए ।