असार १३ गते २०८१
पोखरा ५ को ठूली पोखरी बाढी नियन्त्रण नालाको सामाजिक परीक्षण
कमल पौडेल अथक
पोखरा १२, असार
पोखरा ५ मा रहेको ठूली पोखरी वाढी नियन्त्रण नालाको सामाजिक परीक्षण गरिएको छ । ठूली पोखरी संरक्षण समितिको आयोजनामा बुधवार सो परीक्षण गरिएको हो ।
संघ सरकारको कूल २६ लाख ७६ हजार ५ सय ९१ रुपैयाँ तथा स्थानीय उपभोक्ता मार्फत रु २ लाख ६३ हजार संकलन गरी सो नाला निर्माण गरिएको समितिका सचिव धनञ्जय पौडेलले जानकारी दिएका छन् । सो नालाको लम्वाई १ सय ५६ मिटर, चौडाई २ मिटर र उचाई १.२५ मिटर रहेको छ । नाला आरसीसी क्यानल रहेको सचिव पौडेलले वताए ।
समितिका संयोजक अञ्जु केसीको अध्यक्षतामा भएको कार्यक्रममा अनुगमन समितिका संयोजक गजेन्द्रवहादुर केसी, वडा सदस्य कल्पना भुवाजी लगायतले वोलेका थिए ।