पौष २७ गते २०७७

ठगीबाट जोगिन उपभोक्ता नै सचेत हुन आवस्यक


कमल पौडेल अथक
पोखरा २७, पुस
बजारमा हुने खाद्य मिसावट र ठगीवाट जोगिन स्वयं उपभोक्ता नै सचेत हुन आवस्यक रहेको एक कार्यक्रमका वक्ताले वताएका छन् । उद्योग वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालय गण्डकीद्धारा सोमवार पोखरामा आयोजित उपभोक्ता जागरण सम्वन्धि छलफलका वक्ताले सो कुरा वताएका हुन् ।
कालो बजारी गर्ने र उपभोक्तामाथि मिसावट गरेर ठगी गर्नेलाई तह लगाउन उपभोेक्ता नै सचेत र जागरुक हुनु पर्छ उनीहरुले भने । पसलमा मूल्य सूचि नटाँस्ने, गुणस्तरहीन वस्तुको विक्री वितरण गर्ने, लेवल नभएका वस्तुको विक्री गर्नेहरुलाई तत्काल कारवाही गर्न उनीहरुले माग गरे ।
करिव २५ हजार पसल रहेको पोखरामा जम्मा १३ हजार पसल दर्ता भएर संञ्चालित छन् । लिटर, मिटर र ढक तराजूमा पनि यस्ता पसलको ठगी वढी रहेको उनीहरुले गुनासो गरे ।
उपभोक्ता हित निर्देशनालयका निर्देशक नारायण आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष कपीलनाथ कोइराला, खाद्य अनुसन्धान अधिकृत शिवजी वराल, गुणस्तर कार्यालय पोखराका निमित्त प्रमुख तीलक केसी र अधिकृत प्रदीपकुमार रेग्मी लगायतले वोलेका थिए ।