माघ ७ गते २०८०

हेमजा सिंचाइ प्रणाली जल उपभोक्ता संघको अध्यक्षमा तिम्सिना

गोविन्द तिमिल्सिना
हेमजा, ७ माघ
हेमजा सिंचाइ प्रणाली जल उपभोक्ता संघ पोखरा २५ हेमजाको २४ औं बार्षिक साधारण सभा तथा १२औं अधिबेशन शनिबार सम्पन्न भएको छ । अधिबेशनले झंकनाथ तिम्सिनाको अध्यक्षतामा नयाँ कार्य समिति चयन गरेको छ ।
समितिको उपाध्यक्षमा पार्बती थापा, सचिवमा कृष्ण तिम्सिना र कोषाध्यक्षमा मदन बहादुर थापा चयन हुनु भएको छ । अन्य सदस्यमा मनोहरी तिम्सिना, बिश्वबन्धु थापा, पुर्ण बहादुर कार्की , नारन बहादुर के।सी।,सम्झना थापा, दिननाथ तिम्सिना र देबी थापा रहनु भएको निर्वाचन कमिटी सदस्य तिलक प्रसाद तिम्सिनाले बताउनुभयो ।
पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं २५ न। वडा सदस्य धन कुमारी पोखरेल तिम्सिनाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सल्लाहकार दानबहादुर थापा र उपभोक्ता मोतीराम तिम्सिनाले शुभकामना दिनुभएको थियो ।कार्यक्रममा सचिव झंकनाथ तिम्सिनाले वार्षिक प्रगति प्रतिबेदन र कोषाध्यक्ष झबिलाल सापकोटाले आर्थिक प्रतिबेदन प्रस्तुत गरेकोमा सभाले पारित गरेको थियो ।
उपभोक्ता संघकाअध्यक्ष दुर्गा प्रसाद तिम्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष पार्बती थापाले र सञ्चालन सचिव झंकनाथ तिम्सिनाले गर्नुभएको थियो ।