बिधिवतरुपमा नेपाल फोटोग्राफर महासंघको दर्ता सम्पन्न
७ असार,काठमाडौ
नेपालका फोटोग्राफरहरुको छाता सस्थाका रुपमा २०७५ सालमा स्थापना गरिएको नेपाल फोटोग्राफर महासंघ तदर्थ समितिले पुर्णता पाउदै नेपाल फोटोग्राफर महासंघको आधिकारीक दर्ता प्रमाणपत्र प्राप्त गरेको छ ।
२०७५ सालमा बुटवलमा भएको देशैभरिका फोटोग्राफरहरुको भेलाले महेन्द्र प्रसाद चापागाई संयोजकका रुपमा अगाडी सारेको थियो भने बरिष्ठ उपाध्यक्षमा चितवन वाट श्रीराम कंडेल ,उपाध्यक्षमा दुर्गा प्रसाद पौडेल गण्डकी वाट बसन्त जोशी दाङ्ग वाट महासचिव भवदेव थापा काठमाडौं वाट सचिव गणेश दंगाल दाङ्गवाट कोषाध्यक्ष तुलसीराम सुवेदी गण्डकी सदस्यहरुमा कमला तिवारी लुम्विनी माधव पन्थ लुम्विनी दिनेश अर्याल लुम्विनी रहेका थिए भने बिधान समितिमा संयोजक महेन्द्र प्रसाद उपाध्याय को संयोजकत्व कमला पन्थ, लक्ष्मण गुरुङ, दिनेश अर्याल, माधव पन्थ र दुर्गा प्रसाद पौडेल तुलसीराम सुवेदी रहेका थिए ।
सस्थालाई आधिकारिकता दिन कहिले ईटहरी कहिले बिरगञ्ज ,कहिले पोखरा, कहिले चितवन त कहिले दाड.मा अन्तरक्रियात्मक कार्यक्रर्म गर्दै महासंघलाई अन्तिम रुपमा आधिकारीकता प्राप्त गर्न सफल भएको महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायले बताए । संस्था स्थापना हुनु संगै कोभिड आतंकले पनि महासंघलाई पुर्णता दिनमा ब्यवधान उत्पन्न गराएको बताउदै उपाध्यायले सवैको सकरात्मक साथ र सहयोगले यो संस्थालाई आधिकारिकता प्रदान गर्न सकिएको मा खुशि ब्यत्त गरे । साथै उनले महासंघ स्थापना गर्न खोज्नु फलामको चिउरा चपाउनु जस्तै रहेको बताए ।
देशका मेची देखि महाकाली सम्मका सातै प्रदेशका फोटोग्राफी ब्यवसायीका जिल्ला संघहरुकोे महासंघमा सहभागिता रहेको छ । देशको संघिय संरचना अनुसार महासंघ निमार्णका लागि सातै प्रदेशको सहभागिता अनिवार्य रहेको हुंदा संस्थालाई आधिकारीकता दिन का लागी केही बर्ष संघर्ष गर्न परेको संस्थाका कोषाध्यक्ष तुलसी राम सुवेदीले बताए ।
महासंघ भन्ने बिक्तिकै नेपालका ७७ वटै जिल्लाको प्रतिनिधित्व हुन जरुरी रहेको र सवै जिल्लामा फोटोग्राफी संघ नभएको हुंदा बिभिन्न समयमा जिल्ला जिल्ला पुगेर अन्तरक्रिया र समन्वय गर्दै अन्तिम रुप दिन सफल भएको सुवेदीले बताए ।
फोटोग्राफीको विकास, यसको सम्मानजनक ब्यवसाय तथा ब्यवसायीक एकता र अभिभावकत्वका लागि महासंघ अनिवार्य रहेको हुंदा फोटोग्राफरहरुको छाता संगठनका रुपमा लैजान स्थानिय तवरबाट नै लाग्नु परेको फोटोग्राफर महासंघका गण्डकी प्रदेश उपाध्यक्ष दुर्गा प्रसाद पौडेलले बताए ।
सस्थाले आधिकारिकता पाउनु अघि काठमाडौंैमा अन्तिम अन्तरक्रिया सम्पन्न गरिएकोे थियो । सो अन्तरक्रिया कार्यक्रमा पप्पु शाह मोरड., धु्रव सापकोटा चितवन, केशर बहादुर थापा सुर्खेत,कालिका प्रसाद रिमाल काठमाडौं, दिपेन्द्र बस्याल नपलपुर, बिष्णु प्रसाद भुषाल कर्णाली प्रदेश, कुलराज चौधरी सुदुर पश्चिम, जीवन ढुंगाना गण्डकी प्रदेश, जनकराज तिवारी पोखरा, भुवन।ाज जोशी कैलाली, दिनेश अर्याल लुम्बिनी, रामचन्द्र बेलवासे कपिलवस्तु, कमला पन्थ लुम्बिनी, मुकेश कुशवाह पर्सा लगायत का सदस्यहरुले महासंघले अव गर्नुपर्ने कुराका बारेमा आआफना धारणा राखेका थिए ।
त्यसै गरि संस्थाको आर्थिक बिकास कसरी गर्ने,खर्च तथा कोष ब्यवस्थापन कसरी गर्ने भन्ने कुराको बारेमा महासंघका कोषाध्यक्ष तुलसी राम सुवेदी आफ्नो योजना प्रस्तुत गरेका थिए भने महासंघका उपाध्यक्ष दुर्गा प्रसाद पौडेल बरिष्ठ उपाध्यक्ष श्रीराम कडेलले महासंघलाई छाता सगठनका रुपमा लैजान बिभिन्न किसिमका चुनौती हरुको सामना गद्र्रै जानुपर्ने भएको हुंदा कसैलाई काखा र कसैलाई पाखा नगरी महासंघलाई कुशल अभिभावक का रुपमा लैजान जरुरी रहेको बताए ।
महासंघका अध्यक्ष महेन्द्र प्रसाद उपाध्यायको सभापतित्वमा संचालन भएको कार्यक्रमको संचालन संस्थाका महासचिव दिगम्बरराज बंशीले संचालन गरेका थिए भने सहजिकरण सचिव गणेश दंगाल ले गरेका थिए ।
अन्तरक्रिया पश्चात जिल्ला प्रशाशन कार्यालय काठमाडौका सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलको कार्यकक्षमा महासंघको आधिकारिक प्रमाण पत्र ग्रहण गर्दै सो कार्यलाई सहज बनाईदिने जिल्ला प्रशासन कार्यालय काठमाडौैलाई आभार सहित हार्दिक धन्यवाद प्रदान गरिएको थियो ।
पोखरा । पोखरामा सम्पन्न इनोफेस्टमा फोहोरबाट मोहर कमाउन सिकाइएको छ । दैनिक प्रयोग गर्दै आएको प्लास्टिकको बोत्तललाई प्रशोधन गर्दै मोहर कमाउन सिकाइएको छ । पोखरा महानगरपालिका, कोरिया अन्तर्राष्ट्रिय सहयोगी...
Read More
पोखरा, १३ चैतः नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठानको प्राविधिक सहयोग एवम् बर पाण्डेथुम ज्येष्ठ नागरिक चौतारीको आयोजनामा पोखरा–३३ भरतपोखरीको बरपाण्डेथुममा तुलसी चिया वितरणसँगै ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।खाद्य...
Read More
पोखरा । यूनाइटेड क्लब पोखराले १४ औं वार्षिकोत्सवको अवसर पारी शनिवार देखी साताब्यापी कार्यक्रम शुरु गरेको छ । साताब्यापी कार्यक्रम अन्तर्गत पहिलो दिन शनिवार एक कार्यक्रमका बिच पोखरा २५...
Read More
पोखरा महानगरपालिका वडा नम्बर १३ ले निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको छ । वडाध्यक्ष किरण बरालले विहिबारदेखि निशुल्क एम्बुलेन्स सेवा सुरु गरेका हुन् । वडाका सबै विरामी नागरिकले पोखराका...
Read More