जेठ ६ गते २०८१

सामाजिक उद्यमी महिला सञ्जालको भेला पोखरामा सम्पन्न

कमल पौडेल अथक
पोखरा ६, जेठ
सामाजिक उद्यमी महिला सञ्जालको भेला पोखरामा सम्पन्न भएको छ । भेलामा गण्डकी प्रदेशका ५४ वटा उद्यमी सहकारी संस्थाका ८० जना प्रतिनिधिको सहभागिता रहेको थियो । प्रदेशका ४ लाख ७१ हजार घर परिवार सो सञ्जालमा प्रत्यक्ष जोडिएको अभियान्ताहरुले वताए ।
बचत तथा ऋणको कारोवार समेत गर्ने सो सञ्जालको देशभरिको कूल पूँजी ६ अर्व रहेको छ । त्यसलाई बढाएर २० अर्व पुर्याउने लक्ष्य रहेको उनीहरुले वताए ।
महिला उद्यमीले उत्पादन गरेको वस्तुलाई बजारमा कसरी प्रवर्दन गर्ने भन्नेवारेमा भेला केन्द्रीत रहेको सञ्जालका अध्यक्ष पार्वती न्यौपानेले जानकारी दिएकी छन् ।
सञ्जालले दूध, तरकारी, मसला, मकै, बेसार, वाख्रा पालन तथा उत्पादन र वजारिकरणमा जोड दिएको उनले वताइन् । देशको सुदूर पश्चिम वाहेक ६ वटै प्रदेशमा यसको सञ्जाल विस्तार गरेको उनको भनाई छ ।
कार्यक्रममा सचिव कल्पना रिमाल, गण्डकी प्रदेश संयोजक एवं केन्द्रीय सदस्य गोमा अधिकारी, कार्यकारी निर्देशक विष्णुकुमारी नेपाल, डा तीर्थ रेग्मी, शम्भुराज पाण्डे, दामोदर अधिकारी, सावित्रा कोइराला, शोभा शर्मा र कमला सुवेदी लगायतले वोलेका थिए ।
२ दिन सम्म भएको भेलाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले गरेका हुन् ।