वैशाख ४ गते २०८१
गजलकार प्रकट पगेनी ‘शिव’ को निधन, बुधबार शवयात्रा सहित अन्त्येष्टि
पोखरा ,४ वैशाख ।
गजलकार एवं गीतकार प्रकट पगेनी ‘शिव’ को निधन भएको छ । जण्डिस र निमोनियाबाट बिरामी उनको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलबार दिउँसो निधन भएको हो ।
भोलि बुधबार दिउँसो १२ बजेपछि मणिपाल अस्पतालबाट शवयात्रा सुरू गरि फुलबारी घाटमा उनको अन्त्येष्टि गरिने पारिवारिक स्रोतले बताएको छ ।
स्वास्थ्यमा एक्कासि समस्या आएपछि उनलाई सोमबार अस्पताल भर्ना गरिएको थियो । उनको भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो ।
७० वर्षीय प्रकट पगेनी शिव कास्कीको रुपा गाउँपालिका ५ निवासी हुन् । उनका श्रीमती, १ छोरा र १ छोरी छन् ।
उनी सिद्धहस्त गजलकार थिए । उनका गीत र गजलका कृति प्रकाशित छन् ।