कार्तिक पोखरा
आजकल नेपालीहरु प्र्रसस्त घुम्न तथा पर्यटकिय गतिबिधीमा रमाउन थालेका छन जस्ले आन्तरिक पर्यटनको राम्रो बिकास भएको पाइन्छ । तर यथेष्ट जानाकारीको अभाव, भौतिक संरचना, सेवा सुबिधा र नीति कानूनको अभावले अझै आन्तरिक पर्यटन स्थलहरुको बिकासहुन सकेको छैन । कोरोनो काल पछी बिकास भएका केही गन्तब्य स्थलमध्य पोखराको नजिकै खुमै डाडा पनि एक हो
कास्कीको माछापुच्छ«े गाउँ पालिकामा रहेको खुमैडाँडा आजकल आन्तरिक पर्यटकको पहिलो रोजाइमा परेको छ । दशैंको विदा तथा दशै पछिको विदाको समयलाई सदुपयोग गर्दै खुमै ट्रेक जाने आन्तरिक पर्यटकको सङ्ख्या उल्लेख्य छ । समुद्री सतहबाट तीन हजार दुई सय ४५ मिटरको उचाइमा रहेको खुमैडाँडा र तेसपछि दुई घण्टा हिँडेर कोर्चाङ पुगिन्छ । कोर्चाङ तीन हजार छ सय ८२ मिटरको उचाइमा छ ।
पोखरादेखी एकै दिनमा पुग्न सकिने यो ठाउँमा पोखराको हेम्जादेखि घाचोक सरिपाखासम्म १३ दशमलव तीन किलोमिटर मोटर यात्रामा पुगिन्छ । सरीपाखादेखी पाँचदेखि सात घण्टाको हिँडाइपछि खुमै पुग्न सकिने स्थानियले बताए । खुमै पुग्नु अगावै हिलेखर्कमा पनि केही होटलहरु छन । जंगलको बिचमा रहेका यि होटलमा खान बस्नको ब्यावस्था राम्रो छ भने त्यसपछी चिचिम्ले भन्ने स्थानमा एक होटल छ । बाटोमा केही चियापसलहरु पनि छन भने जंगलको बाटो निकै उकालो भने हिड्न सक्नु पर्छ । रेष्ट क्याम्प पछी आउने खुमै मा पहिलो दिनको बास बसेपछि तेहाँवाट दुई घण्टाको हिँडाइपछि कोर्चाङ डाँडा पुग्न सकिन्छ। खुमईमा होटल ३६0 डिग्री, ग्रिन कटेज र खुमइ ट्र्कर्स होम चलिरहेका होटल हुन भने यही दशै पछी लगत्तै खुमैडाडा होटल चालु भएको छ । अन्य ३ वटा होटल निमार्णाधिनमा छन । खाने पानीको चरम अभाव रहेको यो खुमैडाडामा खच्चडबाट ढुुवानी गरि निमार्ण सामाग्री र खाद्यान्न आपुर्ती गरिन्छ भन्दछन खुमैडाडा होटल सञ्चालक लाल बहादुर पुनमगर। खासगरि माछापुच्छ्रे हिमाललाई नजिकबाट हेर्ने मर्दी ट्रेक जस्तै खुमैडाडा पनि नेपाली माझ प्रख्यात बन्दै गएको छ । अहिले दशै तिहारको बिदा पारेर धेरै काठमाण्डो र पोखराका युवायुवती खुमइमा गइ रहमाएको देखिन्छ । पोखराबाट जम्मा २ दिनमा जान आउन सकिने नजिकको रमणिय यात्रा भएर होला नेपालीहरुको चाप धेरै देखिन्छ तर बिदेशी पर्यटक भने आक्कलजुझक्ल मात्र देखिन्छ , दशै तिहार बिचको समय र पछी हिउ पर्ने समयमा l हिउ खेल्ने नेपालीको लर्को नै लाग्दछ खुमैडाडामा । अन्नपूर्ण संरक्षण क्षेत्र भित्र पर्ने क्षेत्र हो तर उसले टुलुटुलु हेरेर बसकेको मात्र देखिन्छ यसको बिकास र ब्यावस्थापनमा ध्यान नगएको देखिन्छ भन्दछन यहाको होटल ब्यावसायी। माछापुच्छ्रे गाउपालीका को १ नंबर वडामा पर्ने खुमै डाडामा होटल भने त्यही वडाबासीले मात्र बनाउन पाउने नियम बनाएको बताउछन यहका होटल ब्यावसायीहरु । प्राकृतिक श्रोतमा स्थानियको अधिकार हुनु त राम्रो कुरा हो तर ब्यवस्थित र नियमसम्बत पनि हुनै पर्छ फेरी सेवा सुबिधामा पनि ध्यान दिनुपर्ने हुन्छ । केवल ब्यापार र नाफाको लागि प्राकृतिक श्रोतहरुको दोहन गर्दा भविष्यमा निकै अप्ठयारो हुन सक्छ । बाटोमा केही सुचना बोडहरु र जानाकारी राखिएपनि पर्यटकिय गन्तब्यको लागि चाहिने सूचना र ब्यवस्थित बिकास भने भएको पाइदैन । धेरै नेपाली पर्यटकको गुनासो बिचमा आवस्यक होटल नहुदा हिले खर्कबाट सिधै खुमै पुग्न कठिन भएको बताउछन । त्यसैले अव पोखराबाट लामाचौर, सार्दीखोला, तातोपानी, मिश्रा गाउ हुदै रुम्जाबाट खुमै पुग्न निकै कम समय लाग्ने हुदा त्यो रुट खोल्न गइरहेको बताउछन खुमैडाडा होटल सञ्चालक लाल बहादुर पुनमगर । पोखराबाट नजिकको सुन्दर गन्तब्य खुमैडाडा आन्तरिक ब्यास्थापन र आन्तरिक पर्यटनले नै बिकास गरेको महत्वपूर्ण र रोमान्चक पर्यटकिय गन्तब्य भएकाले यसको भविष्य भने निकै सुन्दर छ ।
पोखरा , भदौं । पोखरा बुढीबजार स्थित जुनियर सिटिजन्स एकेडेमी ९जेसिए० मा नवआगन्तुक कक्षा ११ का विद्यार्थीलाई शुक्रवार स्वागत गरिएको छ । कार्यक्रममा भनाई राख्दै स्वास्थ्यकर्मी डा। गीतु गैह्रेले...
Read More
कार्तिक, १४ पोखरा । साफ महिला च्याम्पियनसिप फुटबलको फाइनलमा आज नेपाल र बंगलादेश भिड्नेछन् । खेल साँझ साँढे ६ बजे त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शुरु हुनेछ । सेमिफाइनलमा भारतलाई पेनाल्टी...
Read More
पोखरा, १६ पुष । एघारौं पोखरा महोत्सव विद्यालय स्तरिय लोकनृत्य पतियोगितालाई वण्डर ब्राण्ड स्वीच एण्ड युनि एक्सपर्ट ब्राण्ड तथा विवस ईलेक्ट्रिक्स प्रालिले प्रायोजकमा रही सहयोग गर्ने भएको छ ।...
Read More
१२ पुष काठमाडौं काठमाडौँ फोटोग्राफर सङ्घले आयोजना गरेको केपिए वेडिङ फोटो अवार्ड २०२४ को नतिजा घोषणा तथा पुरस्कार वितरण कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ । देशैभरका विवाहमा खिचिएका...
Read More