पार्टीका उम्मेदवारलाई टक्कर दिने कास्की क्षेत्र नं ३ का स्वतन्त्र उम्मेदवार कमल जंग कुँवर
मंसिर १, पोखरा आगामि प्रतिनिधिसभा का लागी कास्की क्षेत्र नं ३ का लागी स्वतन्त्र उोदवार कमलजंग कुवँर पनि चुनावी मैदानमा छन्। उनि न त कुनै दल निकट छन, न दलका उम्मेदवारले देखाएजस्तो सपना बाँडनमा व्यस्त छन। उनी त केवल प्रकृति र संरक्षणसँग सम्बन्धित रहेर चुनावी मैदानमा उत्रिएका छन्। स्वतन्त्रबाट उम्मेदवारी दिएका कुँवर कास्की ३ का प्रतिनिधिसभा उम्मेदवार हुन्। प्रकृति र संरक्षणप्रेमी उम्मेदवार कुँवरको चुनाव चिन्ह माछा रहेको छ ।
कमलजंग कुँवर, संरक्षणका क्षेत्रमा नयाँ नाम होईन, नयाँ पुस्ताले उनलाई नचिन्न पनि सक्छ। तर, जो प्रकृतिसँग रमाउन चाहन्छ, संरक्षणमा जुट्न खोज्छ, उनीहरुबीच कुँवरको नाम उँचो छ। अझ त्यसमा पनि गैंडा संरक्षणको नाम आउँदा कुँवरलाई जो कोहीले भुल्न सक्दैन। किनकी चितवन राष्ट्रिय निकुञ्जमा धमाधम एकसिंगे गैंडा मारिँदा त्यसलाई रोक्न कुँवरको नेतृत्वमा टिम सक्रिय हुँदा गैंडाको चोरी निकाशी रोकिएको थियो।
२०५९ देखि २०६३ सम्म चितवन राष्ट्रिय निकुन्जमा गैंडाको चोरी शिकार निकै नै बढेर गैंडा नै लोप हुने अवस्था आएपछि सरकारले कुँवर नेतृत्वको टिम खटाएको थियो। कुँवर त्यही टिमको सक्रियताका कारण गैंडा मार्ने क्रम रोकिएको थियो। गैंडाको चोरी शिकारी शून्यमा झार्न समेत टिम सफल भएको थियो। त्यही सेरोफेरो पारेर कुँवरले ‘गैंडालाई चारवर्ष’ पुस्तक पनि लेखेका थिए। संरक्षणका कुरा उठाएर नथाक्ने उनै कुँवर अहिले चुनावी मैदानमा छन्। चुनावमा संरक्षणका कुरा अरु दलका उम्मेदवारले नउठाउँदा कुँवर चिन्तित छन्। कुँवर भन्छन्, ‘चुनावमा जित्ने हार्ने भन्दा पनि मुद्दा कसले कस्तो उठायो भन्ने कुरा महत्वपूर्ण हुन्छ। संरक्षणका मुद्दामा अरु दलको ध्यान पटक्कै गएको छैन।’ आर्थिक विकासको मुल अधार पर्यटन, प्रकृति, कृषि हो तर, अरु दलले यसलाई प्राथमिकता दिएका छैनन्। अरु सबैजसो दल बाटो, खानेपानीको नारा देखाएर मतदाता तान्न व्यस्त छन्।
कुँवर भन्छन्, ‘दलका उम्मेदवारहरु मतदातालाई भेट्न जाँदा घरघरमा खानेपानी ल्याइदिन्छु भन्छन, तर, खानेपानी ल्याउने मुहान संरक्षण गर्छु भनेर कहिल्यै भन्दैनन्। मुहान कस्तो अवस्थामा छ हेर्दैनन्, केवल मुहानबाट बगेको पानी घरमा पुर्याउने सपना बाँड्छन्। घरघरमा ल्याइदिने पानीको मुल कहाँ छ कस्तो अवस्थामा छ भन्ने पनि थाहा हुँदैन, संरक्षणको त कुरै भएन।’
दलका भन्दा फरक र केही संरक्षणसँग सम्बन्धित अजेन्डा लिएर कुँवरले चुनवी प्रतिवद्धतापत्र बनाएका छन्। कुँवर उम्मेदवार भएको कास्की ३ आँफैमा पर्यटकीय क्षेत्र हो। प्रकृतिकै संरक्षणकै कारण त्यो क्षेत्र पर्यटनमा अब्बल छ। जसले धेरैलाई रोजगार दिएको छ। विदेशी मुद्रा भित्र्याउने उपाय दिलाएको छ। कुँवर भन्छन्, ‘कास्की–३ आँफैमा हिमाल, पहाड र उपत्यकासहितको क्षेत्र हो। जहाँ अन्नपूर्ण संरक्षण क्षेत्र र पञ्चासे वन क्षेत्र समेटिएका छन्। सेती, मर्दी र मादी खोलाको जलाधार क्षेत्र हो। फेवातालको सिमसार पनि यसैमा पर्छ। करिब पाँचसय थरिका चराचुरुङगीको बासस्थान यही क्षेत्रमा छ। जडीबुटीको लागि पनि महत्वपूर्ण क्षेत्र हो। पूरै क्षेत्र पर्यटकीय क्षेत्र हो।
‘मेरो निर्वाचन क्षेत्र पर्यटनमा समेटिएको छ। ९० प्रतिशत क्षेत्रले पर्यटन समेट्छ। यो जलाधार क्षेृत्रलाई संरक्षण गर्नुपर्छ,’ उनले भने, ‘जलाधार क्षेत्रका कारण तल्लो तटीय क्षेत्रले लिएको लाभलाई वातावरणीय सेवा भुक्तानिका आधारमा माथिल्लो क्षेत्रसँग जोड्नुपर्छ। मेरो चुनावी जोड यसैमा छ।’ त्यसबाहेक मानववन्यजन्तु बीचको द्वन्द्व समाधान गर्न पनि भूमिका निभाउनुपर्ने उनले बताए। मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि नीति समेत बनाएका उनी प्रकृतिमैत्री पूर्वाधार नबनाउँदाको क्षतिबारे सचेत छन्।
कुँवर भन्छन्, ‘प्रकृति नासियो भने हामी सबै सकिन्छौ। मानव सभ्यताको उत्पत्ति नै प्रकृतिबाट भएकोले प्रकृति विनाससँगै हाम्रो पनि विनास हुन्छ।’ कास्की ३ को प्रकृति, पर्यावरण, संरक्षण, जडिबुटी, अनुसन्धान लगायतका पक्षलाई अरु कुनै पनि दलले समेट्न नसकेको उनले बताए। रानीवनमा फुटपाथ बनाएर बर्ड वाचिङ गराउने, पञ्चासेलाई खुला चिडियाघर बनाउने, रिसर्च सेन्टर बनाउने, लगायतका नारा उनले निर्वाचनमा बोकेका छन्।
‘प्रकृतिलाई जिविकोपार्जनसँग जोड्नुपर्छ। प्रकृतिले धेरै चिज दिएको छ। तर जोड्न जानिएन। धेरैको प्राथमिकतामा प्रकृति पर्दैन। तर, प्रकृतिलाई अर्थोपार्जन, विकाससँग जोड्न सकिन्छ,’ उनी भन्छन्, ‘अहिले कास्की ३ मा प्रकृति भएकोले त पर्यटन आएका छन्। किसानले उत्पादन गर्न पाएका छन्। पर्यटकले किसानको उत्पादन खपत गरेका छन्। पर्यटनबाट लाभैलाभ लिन सकिएको छ। तर त्यही प्रकृतिको कुरा बुझाउन सकिएको छैन। प्रकृतिलाई आर्थिक विकासमा कसरी जोड्न सकिन्छ भनेर ध्यान दिनुपर्छ। कुँवर २०४७ देखि २०७६ सम्म संरक्षणको क्षेत्रमा काम गरेका व्यक्ति हुन्। करिब तीनदशक संरक्षणको क्षेत्रमा काम गरेको उनीसँग अनुभव छ। नेपालका सबैजसो राष्ट्रिय निकुञ्जमा उनले काम गरिसकेका छ्न्। मतदातालाई प्रकृतिसँग जोडेर आर्थिक विकास र रोजगारी सिर्जना गर्नुपर्छ भन्ने उनको सोचाँइ रहेको छ ।
७ कार्तिक,पोखराड्यामसाइड क्लव पोखरा– १७ ले आइतबार ‘संस्कृतिको जगेर्ना गरौं, पर्यटन प्रर्वद्धनमा टेवा पुर्याऔं ’ भन्ने नाराका साथ नेपालीहरुको दोस्रो ठूलो पर्व तिहारको अवसर पारेर तिहार बिशेष सांस्कृतिक साँझ...
Read More
काठमाडौं,८ भदौ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकमा कुलमान घिसिङलाई गरिएको नियुक्ति खारेजको माग गर्दै परेको रिट प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा आफैंले हेर्ने भएका छन् । मंगलबार पेशी तोक्ने...
Read More
काठमाडौं, ६ मंसिर । । ललितपुर क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा। तोसिमा कार्कीले अग्रता दोब्बर बनाएकी छन् । उनले ३८९६ मतका साथ अग्रता बनाउँदा पम्फा...
Read More
पृथ्वीनारायण क्याम्पस पोखरामा समाजशास्त्रको अध्यापन गराउदै आउनुभएका डा बिश्वकल्याण पराजुलीको बिदाई कार्यक्रम भएको छ । सो क्याम्पसमा समाजशास्त्र बिभाग खडा गर्ने डा पराजुली बिगत ३० वर्ष देखी सोही बिभागको...
Read More