असाेज १६ गते २०८०
दृष्टिविहिन शिक्षिका न्याय खोज्दैं ३ दिनदेखि आामरण अनशनमा
पोखरा, १६ असोज
न्याय खोज्दैं ३ दिनदेखि आमरण अनसन बसेकी दृष्टिविहिन शिक्षिका शोभा पौडेलको स्वास्थ्यमा गम्भिर समस्या देखिन थालेको छ । दृष्टिविहिन शिक्षिका पौडेललाई दुर्गम ठाउँमा नियुक्ति दिएपछि उनले पायक पर्ने ठाउँमा काम गर्न पाउँ भन्दैं ८ महिनादेखि गुहार माग्दा पनि कसैले नसुनेपछि आमरण अनसनमा बस्न बाध्य भएकी हुन् ।
८ महिनादेखि काठमाडौंदेखि विभिन्न मन्त्रालयमा धाउँदा समेत न्याय नपाएपछि शिक्षा विकास तथा समन्वय इकाई कास्की र प्रदेश शिक्षा निर्देशनालय गण्डकीको गेटमा आमरण अनसन सुरु गरेकी हुन् । उनका श्रीमान श्रीकान्त सापकोटा पनि पूर्ण दृष्टिविहिन छन् । श्रीमान् श्रीमती नैं रातदिन बगरचोक नजिक शिक्षा विकास तथा समन्व इकाई कास्की र प्रदेश शिक्षा निर्देशनालय गण्डकीको गेटमा अनसन बसिरहँदा राज्यका जिम्मेवार निकाय भने मौंन देखिएका छन् ।
पोखरा महानगरपालिका वडा नं। २० कि दृष्टिविहिन शिक्षिका पौडेलले शिक्षक सेवा आयोगको परीक्षा उत्तीर्ण गरेपछि उनलाई २०७९ माघ २३ गते लमजुुङ जिल्लाबाट निम्न माध्यमिक तहको नेपाली शिक्षकका रुपमा दोर्दी गाउँपालिकाको विद्यलयमा हाजिर हुने गरी नियुक्ति दिईयो । तर उनी त्यहाँ जान सक्ने स्थिति नभएपछि विगत ८ महिनादेखि काठमाडौंका विभिन्न मन्त्रालयदेखि प्रदेशका सम्बन्धित सबै कार्यालयमा धाउँदा धाउँदैं कसैले सुनुवाई नगरेपछि अनसनमा बस्न बाध्य भएकी हुन् ।
उनको नियुक्ति भएको विद्यालयले पनि दृष्टिविहिन शिक्षिकालाई यहाँ काम गर्न निकै समस्या हुन्छ भन्दैं गाउँपालिकालाई अन्यत्र व्यवस्थापन गर्न लिखित अनुरोध समेत गरेको थियो । गाउँपालिकाबाट जिल्ला, प्रदेश हुँदै मन्त्रालयसम्म यो विषयमा आवज उठ्यो, तर मन्त्रालय र विभागमा धाउँदा धाउँदा शोभा थाकिन् तर कसैले पनि उनको पीडालाई सुनुवाई नै गरेन ।
विभागले फेरि प्रदेश शिक्षा निर्देशनालयलाई आवश्यक व्यवस्थापनमा सहयोग गर्न पत्र लेख्यो । निर्देशनालयले कास्की जिल्ला शिक्षा विकास तथा समन्वय ईकाइलाई व्यवस्थापन गर्न सहयोग गरिदिन पत्र लेख्यो । तर इकाइले उनलाई आजसम्म व्यवस्थापन गर्न सकेन । आज आठ महिना हुँदा पनि उनले हाजिर गर्ने ठाउँ पाईनन् र बाध्य भएर अनसन बस्न पुगेकी हुन