भाद्र २३ गते २०८०

बिशाल बचत तथा ऋण सहकारीको अध्यक्षमा शिव

कमल पौडेल अथक
पोखरा २३, भदौ
पोखरा ४ मा रहेको बिशाल बचत तथा ऋण सहकारी संस्था लिमिटेडको २४औं वार्षिक साधारण सभा एवं अधिवेशनले शिव शर्माको अध्यक्षतामा नयाँ समिति चयन गरेको छ ।
संस्थाको उपाध्यक्षमा बालकृष्ण ढकाल, सचिवमा प्रदीपकुमार मुल्मी, कोषाध्यक्षमा इन्द्रराज अर्याल चयन भएका छन् ।
सदस्यमा ईउलकुमारी पुन, बुद्धीप्रसाद पौडेल, रमा ढकाल, बुद्धीवहादुर कुँवर र देवेन्द्रराज पराजुली चयन भएका छन् ।
त्यसैगरी लेखा समिति संयोजकमा रामकृष्ण दवाडी, महोनराज पौडेल र ताराबहादुर श्रेष्ठ चयन भएका छन् ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै नेप्सकोनका बरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सहकारीले देशको अर्थतन्त्रमा उल्लेख्य भूमिका खेलेको बताए । उनले सहकारीलाई अब उत्पादन र सम्वृद्धि पथमा जोड्न आवस्यक भएको बताए । उनले सहकारीमा सदस्य संगको विश्वास तोड्ने बद्मासीहरु बजारमा भैरहेकोले त्यस्ता खालका समस्याबाट मुक्त हुन सचेत हुनु पर्ने वताए ।
राष्टिय सहकारी बैंक पोखराका प्रवन्धक नरेश पाण्डेले सहकारीमा आर्थिक अनुशासन बलियो हुनु पर्ने धारणा व्यक्त गरे ।
गरिमा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द ढकालले बैंक र सहकारी फरक कुरा हुन् भन्ने कुरा समाजलाई बुझाउन जरुरी रहेको बताए ।
संस्थाका अध्यक्ष भूवन नेप्कुलको अध्यक्षतामा भएको कार्यक्रमा कानूनी सल्लाहकार जगन्नाथ ढकाल, प्रमुख कार्यकारी अधिकृत सुदीप ढकाल, उपाध्यक्ष शिव शर्मा, संञ्चालक प्रदीपकुमार मुल्मी, शेरबहादुर कार्की, सचिव तारादेबी पराजुली लगायतले वोलेका थिए ।
कार्यक्रममा बालवचत तर्फ २ जना, उत्कृष्ट कारोवार सदस्य तर्फ ८ जना, ज्येष्ठ शेयर सदस्य पुरुष तर्फ ६ जना र महिला १ जनालाई सम्मान गरिएको थियो ।
त्यसैगरी प्लस टुदेखि स्नातकोत्तरसम्म उत्कृष्ट अंक प्राप्त गर्ने शेयर सदस्यका छोरा छोरीलाई सम्मान तथा मृतक र घाइते सदस्यका परिवारलाई आर्थिक सहयोग गरिएको प्रमुख कार्यकारी अधिकृत सुदीप ढकालले जानकारी दिए ।