जेठ २४ गते २०८०
अन्नपूर्ण गाउपालिका अव साकाहारी
२४ जेठ,पोखरा
कास्कीको अन्नपूर्ण गाउपालिकाले कार्यलयको तर्फबाट हुने कुनै साना ठुला कार्यक्रम तथा चियापान समारोहलाई साकाहारी बनाउने भएको छ । गाउपालिका अध्यक्ष बिष्णु बहादुर केसी का अनुसार स्थानिय उत्पादनलाई प्रोत्साहन र मानविय स्वास्थ्यको ख्याल राखी कार्यलयको तर्फबाट गरिने कुनै पनि कार्यक्रममा मासुजन्य खाद्यान्नको प्रयोग नगरिने भएको हो । बर्तमान समयमा कुनै पनि कार्यक्रममा खाजा तथा खानामा माछा मासु र मासुजन्य खाद्यपदार्थको अत्याधिक प्रयोग हुदै गइरहेकको परिप्रेक्ष्यमा यसले मानविय स्वास्थ्यमा पनि असर पर्दै गएको देखिन्छ । फेरी अर्को तर्फ प्राय मासुजन्य पदार्थ बजारबाट आयातित गरिने र बोइलर कुखुरा देखी अस्वस्थ्यकर मासु नै बिक्री बितरण हुदै गइरहेको बर्तमान अवस्थामा स्थानिय स्तरमा उत्पादित तरकारी, फलफुल तथा दुग्धजन्य पदार्थको उत्पादन तथा बिक्री तुलनात्मकरुपमा कम भइरहेको छ । समग्र यही अवस्थालाई मध्य नजर गर्दै गाउपालिकाले चालेको यो सकात्मक कदमलाई आमजनसमुदायले अत्यन्त उचित मानेका छन ।
अन्नपूर्ण गाउपालिकाले आगामी २०८०,८१ को बजेट तथा योजना तर्जुमा के कसरी गर्न सकिन्छ भन्ने विषयमा बुधवार छलफल कार्यक्रम गरिएको थियो । सो कार्यक्रममा अन्नपूर्ण गाउपालिकामा स्थाइ घर भई हाल पोखरा तथा नेपालका बिभिन्न सञ्चार माध्यममा कार्यरत पत्रकार तथा साहित्यकार र कलाकारहरुको उपस्थिती थियो । गाउपालिकाको बृहत बिकास र समुदायको स्तर उन्नतीका लागि पत्रकार तथा कलाकारको भूमिका के कसरी हुन सक्छ भन्ने वारेमा कार्यक्रममा चर्चा भएको थियो । यस्तै अन्नपूर्ण गाउपालिकाको बारेमा सञ्चार नीति बनाइ अगाढी बढ्नु पर्ने, लेखनबृती तथा पुरस्कार स्थापना जस्ता कुरा गर्न सके पत्रकार तथा सञ्चार माध्यमहरुले प्रसस्त सकारात्मक सदेश फैलाउन सक्ने राय सुझाव राखिएको थियो । खासगरी सोही गाउपालिका निवासी पत्रकार तथा कलाकारहरुको हित र पालिकाको बिकासबारेमा बनाइएका समाचार, लेखन तथा गित, साहित्य लेखनलाई बढि ब्यवस्थित एवं ब्यापक बनाउन एक बास्केटफण्ड तयार गर्नु पर्ने पनि सुझाव राखिएको थियो । यसबाट पालिका र सोही पालिकावासी पत्रकार तथा कलाकार समेत दुवै पक्ष लाभान्वित हुने निष्कर्ष निकालिएको थियो ।
प्रमुख प्रशासकिय अधिकृत खेमराज देवकोटाले कार्यक्रममा स्वागत गर्नु भएको थियो भने गाउपालिका अध्यक्ष बिष्णु बहादुर के सी ले पालिकाले गरेका गतिबिधी साथै आगामी बर्षको योजना तथा बजेटमा के कसरी तर्जुमा गर्ने भन्ने सम्बन्धमा बिभिन्न बिज्ञ समुदायसग राय सल्लाह संकलन गरिरहेको जानाकारी दिनुभएको थियो । कार्यक्रममा उपाध्यक्ष चन्द्रकला अधिकारीले कार्यलयबाट दैनिक भैरहेका सेवा सुबिधाका गतिबिधीबारे प्रकाश पार्नुभएको थियो । उक्त कार्यक्रममा सहयोगी संस्था श्रृजना बिकास केन्द्रका अध्यक्ष कृष्ण थापा, तथा सोही केन्द्रको बालगृह प्रमुख सोमनाथ बराल, अधिवक्ता बिष्णु अधिकारी,युवा नेता नवराज के सी, लगायत बिभिन्न वडाका प्रतिनिधी तथा वडा अध्यक्ष्यहरु र पालिका कर्मचारीहरुको उपस्थिती थियो । श्रृजना बिकास केन्द्रका अध्यक्ष थापाले अन्नपूर्ण गाउपालिकासग समन्वय गरेर कार्य गर्न पाएकोमा खुसी ब्यक्त गर्नु भएको थियो ।

अन्नपूर्ण गाउपालिका स्थाई घर भई बिभिन्न सञ्चार माध्यम र सञ्चार क्षेत्रका संस्थाहरुका प्रतिनिधीको रुपमा नेपाल पत्रकार महासंघ कास्कीका भू पू उपाध्यक्ष राजबहादुर गुरुड., नेपाल प्रेस युनियन गण्डकी प्रदेशका अध्यक्ष टंक अधिकारी, प्रेस चौतारी गण्डकी प्रदेश अध्यक्ष इन्द्र प्रसाद पौडेल, आदर्श समाज दैनिक सम्बाददाता श्रीभद्र पौडेल, स्वतन्त्र पत्रकार घनश्याम पौडेलको उपस्थिती थियो । यसै गरि कला र साहित्यको क्षेत्रबाट लोकदोहोरी प्रतिष्ठान केन्द्रिय प्रशासन सचिव जिवन दहाल, कलाकार प्रेम अधिकारी, साहित्यकार अम्बिका भण्डारी लगायतको उपस्थितीमा भएको सो आगामी बर्षको बजेट तथा योजना तर्जुमा अन्तरक्रिया कार्यक्रमा सवैले गाउपालिकाको भलाई र बिकास हुने कुरामा आगामी दिनमा के कसरी अगाढी बढ्न सकिन्छ भन्ने कुराको बिचार ब्यक्त गरेका थिए । सोही कार्यक्रमा गाउपालिकाले बिभिन्न रचनात्मक र प्रभावकारी कार्यक्रम गरिरहेको र अझ बढी फरक ढंगले जाने भन्ने सन्दर्भमा पालिकाबाट हुने कार्यक्रम साकाहारी बनाउनु उपयुक्त ठानेर नै सो प्रयास गरेको पालिका अध्यक्ष के सी ले जानाकारी गराए । स्मरण रहोस यो गाउपालिकाका पूर्व अध्यक्ष्य युवराज कुवरले पनि खाना नफालौ भन्ने नारा ल्याएका थिए ।