वैशाख २२ गते २०८०

गण्डकी प्रदेशको कृषि र पशुपंछी तथा मत्स्यको योजना तर्जुमा

कमल पौडेल अथक

पोखरा २१, बैशाख

गण्डकी प्रदेशको कृषि विकास निर्देशनालयको आर्थिक वर्ष २०८० र २०८१ को वार्षिक योजना तर्जुमा गरिएको छ । कृषि विकास निर्देशनालय गण्डकी प्रदेशको आयोजनामा सो योजना तर्जुमा गरिएको हो ।

सो अवसरमा कृषिको लागि मल, बीऊ, बेर्ना, माटो परीक्षण लगायतका विषयमा कसरी अगाडि वढ्ने भन्ने वारे चिन्तन मनन गरिएको छ । सिंचाई कार्यालय पनि कृषि सँगै जोडिएमा नहर कूलोको प्रयोग हुने र दीर्घकालीन रुपमा कृषि क्षेत्रको विकास हुने वारे छलफल गरिएको कृषि विकास निर्देशनालय गण्डकीका निर्देशक बासुदेब रेग्मीले वताए ।

यसैवीच वाँदरको समस्या लगायतको शत्रुजीव व्यवस्थापमा ध्यान दिनु पर्नेकुरा लगायत वजेटका विषयमा पनि छलफल भएको उनले जानकारी दिएका छन् । बाँदरको समस्या समाधान गर्न पाखावारी कान्लामा फलफूलका बोट विरुवा लगाउने बारे सहभागीहरुले सुझाव दिएका छन् ।

यसैवीच पशुपंछी तथा मत्स्य विकास निर्देशनालय गण्डकी प्रदेशको पनि योजना तर्जुमा गरिएको छ । डेरी, माछा, कुखुरा, पशु लगायतका कृषकहरुलाई एउटै फोरममा उभ्याएर उनीहरु सँग सुझाव लिने काम गरिएको सो कार्यालयले जानकारी दिएको छ । उनीहरुवाट आएका कुरालाई वजेटमा कसरी समावेश गर्ने भन्नेवारे गहन छलफल गरिने  पशु तथा मत्स्य विकास निर्देशनालयका निर्देशक डा मनवहादुर पुनले वताए ।

उनले दक्ष जनशक्ति अभाव हुँदा पशु तथा मत्स्यको क्षेत्रमा उल्लेख्य प्रगति हाँसिल गर्न नसकेको धारणा व्यक्त गरे ।

दुवै कार्यालयको योजना तर्जुमा गोष्ठीको उद्घाटन गर्दै प्रदेशका विना विभागीय मन्त्री सरस्वती अर्याल तिवारीले कृषि क्षेत्रको विकासको लागि समयमा नै सही योजना चयन आजको आवस्यकता भएको वताइन् । उनले कर्मचारीहरु धैर्य भएर जिम्मेवारीमा खटिनु पर्ने धारणा व्यक्त गरिन् ।

पशु तथा मत्य बिकास निर्देशनालयका निर्देशक डा.मनवहादुर पुनको अध्यक्षतामा भएको कार्यक्रममा कृषि उर्जा तथा जलश्रोत मन्त्रालयका निमित्त सचिव बालकृष्ण अधिकारी, निर्देशक बासुदेव रेग्मी, डा गृष्म न्यौपाने, डा राजेश चौधरी, पशुस्वास्थ्य प्राविधिक अधिकृत सुरेशकुमार श्रेष्ठ र कृषि अर्थविज्ञ शशी अधिकारी लगायतले वोलेका थिए ।