वैशाख २५ गते २०७८

२६ जना सांसद कोरोना संक्रमित

काठमाडौं,२५ वैशाख ।

प्रतिनिधिसभा बैठकअघि २२, २३ र २४ वैशाखमा गरिएको पिसिआर परीक्षणमा प्रतिनिधिसभाका १८ सांसदमा कोरोना पजेटिभ देखिएको छ । बाहिर व्यक्तिगत रूपमा परीक्षण गरेका आठ सांसदमा पनि कोरोना पजेटिभ रहेको संसद् सचिवालयको भनाइ छ ।

हाल २६ प्रतिनिधिसभा सांसदलाई कोरोना संक्रमण भएको संसद् सचिवालयले जानकारी दिएको छ । एक हजार तीन सय ३४ जनाको स्वाब संकलन गरेकोमा १६० जनाको रिपोर्ट पजेटिभ आएको सचिवालयको भनाइ छ ।

प्रतिनिसभाको बैठकअघि सांसद, संघीय संसद् सचिवालयका कर्मचारी, मर्यादापालक, स्वकीय सचिव, सुरक्षाकर्मी, संसदीय मामिला पत्रकार, आइसिसीका कर्मचारीको पिसिआर परीक्षण गरिएको थियो ।