चैत्र २८ गते २०७९
गुरुङ समुदायले मंगलबार पोखरामा मनाए ट्होटे पर्व (फोटो फिचर)
चैत्र २८,पोखरा
गुरुङ समुदायले चैत्र २८ गते मंगलबार पोखरामा ट्होटे पर्व मनाएका छन् ।चैत र साउन महिनाको अन्तिम मंगलबार गुरुङ जातिले सडकमा निस्केर यो पर्व मनाउदै आएका छन् । गुरुङ भाषामा ट्हो भनेको राज्य र टे भनेको धपाउने अर्थात राज्यबाट शत्रुलाई लखेटने भन्ने बुझिन्छ । शहरमा यसरी मनाए पनि गाउँघरमा भने भुतप्रेत भगाउने पर्वको रुपमा ट्होटे मनाउने गरिन्छ । पोखरामा २ दशकदेखि यसरी सबै गुरुङ समुदायका व्यक्ति भेला भएर यो पर्व धुमधामका साथ मनाउदै आएका छन् । जोगी तथा झाक्रीको भेषमा हातमा तरबार, लठ्ठी धनुषबाँण, र झार बोकेर मुखभरी कालो पोतेर युवकहरु भोटो कछाडमा देखिएका थिए भने युवतिहरु गुन्युचोली, पटुकी र चुरापोतेले सजिएका थिए । पोखराको पोखरा रंगशाला बाट निस्केको झाँकीसहितको र्याली नयाँबजारस्थित तमु धिं कार्यालय परिसरमा पुगको थियो ।
तस्विरः जय गुरुङ्ग