चैत्र २१ गते २०७९

इन्जियिनर नै देशको भौतिक पूर्वाधारका मेरुदण्ड

कमल पौडेल अथक
पोखरा २१, चैत्र
इन्जिनियरहरु नै देशको भौतिक पूर्वाधारका मेरुदण्ड भएको एक कार्यक्रमका वक्ताले वताएका छन् ।
सहरी विकास मन्त्रालयको आयोजनामा पोखरामा आयोजित ५ दिने भवन निर्माण तालीम समापनको अवसरमा वोल्ने बक्ताहरुले सो कुरा वताएका हुन् । तालीममा गण्डकी प्रदेशका २५ जना इन्जिनियरहरुको सहभागिता रहेको थियो । तालीमको सहजिकरण इन्जिनियर सुनील भण्डारी र विक्रम भूषालले गरेका थिए ।
तालीममा सहभागीहरुलाइ प्रमाणपत्र वितरण गर्दै नेपाल इन्जिनियर एसोसिएसन गण्डकीका अध्यक्ष ब्रीजेन्द्र केसीले इन्जिनियरले गर्ने डिजाइनमा ठूलो लगानी जोडिएको हुने वताए । उनले देशको विकास इन्जिनियरहरुवाट नै संभव भएको वताउँदै उनीहरुको दक्षता आजको आवस्यकता भएको वताए ।
स्केपका गण्डकी प्रतिनिधि राजेन्द्र लिगलले तालिममा सिकेका कुरा व्यवहारमा उतार्नको लागि प्रशिक्षार्थीहरुको सक्रीयताको खाँचो रहेको वताए । उनले हरेक व्यक्ति विषयगत क्षेत्रमा दक्षता हाँसिल गरेको हुनु पर्ने बताए ।
इन्जिनियरको लागि आयोजना हुने १५ वटा तालीम मध्ये सो तालीम ११ औं तालीम हो । अव थप ४ वटा तालीम काठमाण्डौमा नै हुने आयोजकले जानकारी दिएका छन् ।