मंसिर १३ गते २०७९
चीनको राजधानी बेइजिङमा शीतलहरको चेतावनी
मुस्ताङ, १३ मंसिर । चीनको राजधानी बेइजिङमा चिसो बढ्दै गएको छ । त्यहाँको मौसम पूर्वानुमान महाशाखाले भोलि केही दिन चिसो अत्यधिक बढ्ने र शीतलहर चल्ने चेतावनी दिएको छ । महाशाखाले चिसो सिरेटो चल्ने चेतावनीसहित आवश्यक सावधानी अपनाउन नागरिकलाई सचेत गराएको छ ।
शीतलहरका कारण दैनिक अधिकतम तापक्रम १३ डिग्री सेल्सियसबाट घटेर माइनस तीन डिग्री सेल्सियससम्ममा झर्ने अनुमान छ । भोलि बुधवारसम्म तापक्रम १६ डिग्री सेल्सियससम्म घट्ने र चिसो सिरेटो चल्ने महाशाखाले जनाएको छ ।
शीतलहरबाट नागरिकलाई जोगाउन कृषि, वन, यातायातलगायत सरकारी निकायले आवश्यक तयारी गरिरहेका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । बेइजिङका बासिन्दालाई अतिआवश्यक काममा बाहेक घरबाट बाहिर ननिस्कन र न्यानो रहन सल्लाह दिइएको छ । बेइजिङमा केहीदिनदेखि ‘शून्य कोभिड नीति’ विरुद्ध प्रदर्शन हुँदै आएको छ ।