भाद्र ६ गते २०७८

वरिष्ठ गायक जेबी टुहुरेको स्वास्थ्य अवस्था गम्भीर

काठमाडौं, ६ भाद्र । मस्तिष्कघात भएपछि प्रगतिशील गायक जुठबहादुर खड्गी ९जेबी टुहुरे०को स्वास्थ्य स्थिति गम्भीर र स्थिर रहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन् ।

गत मंगलबार काठमाडौंको कलंकीमा अवस्थित निजी निवासमा एक्कासी लडेपछि उनलाई बल्खुस्थित बयोधा अस्पतालको सिसियू कक्षमा भर्ना गरिएको थियो । मुटु, फोक्सो, मधुमेह र उच्च रक्तचापका दीर्घ रोगी समेत रहेका ७८ वर्षीय टुहुरेलाई अप्रेसन गर्न जोखिमपूर्ण रहेकाले औषधिको माध्यमबाट उपचार जारी राखिएको उपचारमा संलग्न वरिष्ठ न्युरोलोजिस्ट डा। सामर्थ सिंहले बताए । टुुहुरेको उपचारमा सम्भव सबै प्रयत्न जारी राखिए पनि अपेक्षाकृत सुधार हुन नसकिरहेको उनले बताए ।

टुहुरेलाई हाल भेन्टिलेटरमा राखेर उपचार जारी राखिएको छ ।