मंसिर १३ गते २०७९
विश्वकप फुटबल : आजदेखि समूह चरणको अन्तिम खेल हुने
काठमाडौं ,१३ मंसिर । कतारमा भइरहेको फिफा विश्वकप २०२२ अन्तर्गत आजदेखि समूह चरणको अन्तिम खेलहरु हुँदैछन् ।
समूह चरणको अन्तिम खेलपछि हरेक समूहबाट नकआउट चरणमा पुग्ने टोलीको टुङ्गो लाग्ने भएकोले अब हुने सबै खेलहरू रोमाञ्चक हुने अपेक्षा छ ।
आज मंगलबार समूह ए र समूह बी का अन्तिम दुई-दुई खेल हुनेछ ।
यस्तै खेल हुने समय पनि परिवर्तन भएको छ । अब एक समूहको बाँकी दुई खेल एकै समूहमा हुनेछ । यसअघि हरेक दिन चार खेल हुँदा चार फरक समयमा हुँदै आएको थियो भने अब दुई फरक समयमा मात्र हुनेछ ।
पहिलो दुई खेल राति पौने ९ बजे हुनेछ त्यसपछि मध्यराति दुई खेल हुनेछन् ।
आजको खेलपछि दुवै समूहबाट नकआउट चरणमा पुग्ने दुई-दुई टोलीको टुङ्गो लाग्नेछ । जसले गर्दा समूह चरणका अबका खेलहरु महत्वपूर्ण बनेका छन् ।
समूह ए मा रहेको नेदरल्याण्ड्स र कतार तथा इक्वेडर र सेनेगलबीचको खेल राति पौने ९ बजे सुरु हुनेछ ।
यस समूहबाट आयोजक कतार लगातार दुई खेल हार्दै बाहिरिसकेको छ भने बाँकी तीन टिममध्ये दुई टिम नकआउट चरणमा पुग्नेछन् ।