कार्तिक १ गते २०७९

पोखरामा पुष्प व्यापार मेलाको तयारी पूरा


कमल पौडेल अथक
पोखरा १, कार्तिक
पोखरा रंगशालामा यही कार्तिक ४ गतेदेखि ६ गतेसम्म आयोजना हुने छैंटौ गादावरी तथा तेश्रो प्रादेशिक पुष्प व्यापार मेला २०७९ को सम्पूर्ण तयारी पूरा भएको छ ।
फ्यान कास्कीले मंगलवार पोखरामा पत्रकार सम्मेलन गरी तयारी वारे जानकारी दिएको हो । मेलामा विभिन्न खाल फूल तथा नर्सरीका २५ वटा स्टल रहने मेला आयोजक समितिका संयोजक डीलवहादुर गुरुङले जानकारी दिएका छन् ।
सो मेला सम्पन्न गर्न ८ लाख ५० हजार खर्चको अनुमान गरिएको उनले जानकारी दिए ।
तिहारको वेला पोखरामा साढे २ करोडको फूलको कारोवार हुने पोखरामा यो मेलाले विशेष आकर्षण थप्ने पूर्व अध्यक्ष एवं सल्लाहकार दयाकुमार द्धाले जानकारी दिएका छन् ।
उनले पोखरामा यहाँको उत्पादनले ८० प्रतिशत भन्दा बढी आत्मनिर्भर रहेको वताए ।
मेला एउटा उत्सव मात्र नभई यसले नेपालीहरुको दोश्रो महानचाड तिहारलाई पनि सम्वोधन गर्ने सचिव श्रीराम सुवेदीले जानकारी दिए ।