फेवातालको सिरान फेवाको जलाधार क्षेत्र हो भने फेवाको वरिपरिको किनार यसको सिमसार क्षेत्र मा पर्दछ फेवातालको सम्बन्धमा गरिएका पूर्वअध्ययन प्रतिवेदनमा फेवातालको क्षेत्रअन्तर्गत जलक्षेत्र, दलदले सिमलगायत केही पर्ती जमिन हरु रामसार क्षेत्रमा समेटिएको पाइन्छ फेवाताल र यस वरिपरिको क्षेत्र सिमसार क्षेत्र अन्तर्गतसमेत पर्ने कुरामा पनि विवाद भएन । यस्ता सिमसारयुक्त तालहरूको वातावरणीय, आर्थिक, धार्मिक, सांस्कृतिक समेतका बहुआयामिक महत्व रहेको हुन्छ यसरी राज्यले निर्धारण गरेको क्षेत्र र कानुनलाई कार्यान्वयन गर्ने हो भने निजी जमिन र लालपुर्जा नै भए पनि दलदले जमिन पुर्न नपाइने र संरचनाहरु ब्ननाउन नपाइने ब्यवस्था रहेको हुन्छ । फेवाताल रामसार सूचीमा सूचीकृत ताल हो । यसको सिमसार क्षेत्र मेरो व्यक्तिगत जमिन हो जेसुकै गर्छु मेरो मर्जी भन्न नै पाइँदैन । कास्कीका फेवा, बेगनास, रूपा, दिपाङ, खास्टे, गुदे, न्युरेनी, मैदी र कमलपोखरी ताल सन् २०१६ मा रामसार सूचीमा सूचीकृत भएका हुन् ।
पछिल्लो समय पोखरा बरिपरि रहेका ताल तलैयाहरु अतिक्रमणको चपेटामा परेका छन।राज्यका निकायका फितलो निर्णय र कार्यान्वयन ले बेला बेलामा फेवाको मापदण्ड घट्ने र बढ्ने गराइन्छ। सरकार फेरीने पिच्छे राजनैतिक पार्टीहरु यस्ता कार्यमा सक्रिय रहन्छन् । पर्यटकिय राजधानी बनाउने पर्यटकको चहलपहल बढाउने, पर्यटकले चाहे जस्तो सुविधा दिने थाइलैण्डको सिको गर्ने,तालमाथि भोगविलास गर्ने गराउने,स्थानिय बासिन्दाको हक भोग प्रचलनलाई र केही नेताले भोट बैंक बनाउने जस्ता आधारहरु मा टेकेर बिभिन्न शक्तिका आडमा र विकासका नाममा सिमसारहरु मासीदै गएका छन। समयमै सम्विन्धित निकायले कडाई नगर्ने हो भने भविश्यका हाम्रा सन्तति लाई देखाउने र बचाउने उपाय के नै रहला र । आखिर मरेर जाने मानिस हो प्रकृति मारेर गर्न खाजेको केहो बेलैमा बुझ्न जरुरी छ ।
पोखरा फोटोग्राफर संघ, पोखरा नेपालको नया अध्यक्षमा भक्त तामाड। निर्वाचित भएका छन । गण्डकी प्रदेशका माननीय प्रदेश प्रमुख डिल्ली राज भट्टले उद्घाटन गरेको पोखरा फोटोग्राफर संघको ४३ औसाधारण सभा...
Read More
पौष २८,हेमजा । कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आयोजना गरेको ‘दोस्रो माछापुच्छ्रे गाउँपालिका अध्यक्ष कप गण्डकी प्रदेश अन्तर पालिका भलिबल’ प्रतियोगिताको उपाधि नवलपरासी९बर्दघाट सुस्ता पूर्व० को बौदीकाली गाउँपालिकाले जितेको छ ।...
Read More
३० असार,काठमाडौं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पदमा नियुक्त भएका छन् । राष्ट्रपति रामचन्द्र पौडेलले ओलीलाई संविधानको धारा ७६(२) अनुसार प्रधानमन्त्री पदमा नियुक्त गरेका हुन् । राष्ट्रपतिले...
Read More
लेखनाथ, २६ जेठ । बेगनासताल डुंगा व्यवसायी समितिको आयोजनामा यहि जेठ २७ गते लेखनाथको बेगनासतालमा छैटौं संस्करणको पुरुष तथा महिलातर्फ खुला डुंगा दौड प्रतियोगिता हुने भएको छ । राष्ट्रिय...
Read More