भाद्र ५ गते २०७९

योगदानमा आधारित समाजिक सुरक्षा ऐन तत्काल लागु गर्न माग


कमल पौडेल अथक
पोखरा ५, भदौ
योगदानमा आधारित सामाजिक सुरक्षा ऐन तत्काल लागू गर्न एक कार्यक्रमका बक्ताले माग गरेका छन् ।
संयुक्त ट्रेड युनियन केन्द्र जेटियुसीसी प्रदेश समन्वय समितिको त्रिपक्षीय छलफलमा वोल्ने वक्ताहरुले सो कुराको माग गरेका हुन् ।
सो अवसरमा श्रमिकका सवालमा राज्य सरकार उदाशिन रहेको उनीहरुले वताए । राज्य जिम्मेवार नहुँदासम्म श्रमीकको अवस्थामा परिवर्तन नआउने उनीहरुको भनाई थियो ।
जिफण्डका केन्द्रीय अध्यक्ष विनोद श्रेष्ठले श्रमीकको अधिकारका वारेमा राज्य सरकार जिम्मेवार वन्नुपर्ने वताए । उनले राज्य सरकार जिम्मेवार नहुँदासम्म श्रमीकका अधिकार स्थापित गर्न कठिन हुने धारणा व्यक्त गरे ।
प्रदेश संयोजक मुरारी शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश सभा सदस्यहरु मीना गुरुङ, ललितकला गुरुङ, सामाजिक विकास मन्त्रालयका सचिव देवेन्द्र लामिछाने, जिटिभीटीका कार्यकारी निर्देशक डा शोमनाथ सापकोटा, श्रम कार्यालयका प्रमुख सुरेश ढकाल, सामाजिक विकास मन्त्रालयका सचिव टंकराज ढकाल, जेटीयुसीसीका निर्देशक दीपा दवाडी, ट्रेड युनियनकर्मी कुलदेबी वराल, रुद्र खत्री, रोजगारदाताको तर्फवाट बाबुराम गिरी, केदार पौडेल, अन्टुकका कोषध्यक्ष टंकराज पौडेल लगायतले वोलेका थिए ।