पोखराका युवा साहित्यकारहरु बिच नेता नारायणमान बिजुक्छेको साक्षात्कार तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । नेपाल मजदुर किसान पार्टिका अध्यक्ष बिजुक्छे एक राजनैतिक नेता मात्र नभएर साहित्यकार पनि हुन । साहित्य तर्फ हरिवहादुर श्रेष्ठको नाममा आउने उनका साहित्य रचना प्रगतीशिल र देशभक्तीका हुने गर्दछन । पोखरा न्युरोडको हिमालयन रिर्डस र्कनरमा आयोजित एक समारोहमा भएको सो कार्यक्रममा सञ्जिव पौडेलले स्वागत मन्तब्य दिएका थिए भने बिशेष अतिथी कवी तिर्थ श्रेष्ठले नेता नारायणमान बिजुक्छेको साहित्यिक योगदानबारे चर्चा गरेका थिए । राजनिती र साहित्यको सम्बन्ध एवं समाजमा पार्ने प्रभावबारे नेता नारायणमान बिजुक्छले स्पस्ट पारेका थिए । पोखराका साहित्यकारहरु र साहित्य प्रति रुचिहुनेहरुको राम्रो उपस्थिती रहेको सो कार्यक्रममा युवा साहित्यकार सुरज उपाध्यको सभापतित्वमा भएको थियो । साक्षात्कार कार्यक्रमको सञ्चालन अर्का पोखरेली युवा साहित्यकार प्रान्जल अर्थात सन्जय न्यौपानेले गरेका थिए ।
फागुन १३ पोखरा । पोखरा आदर्श सेकेन्डरी स्कुल, बगर-१,पोखरामा अध्ययनरत कक्षा ११ बिज्ञान समूहका ३५ जना विद्यार्थीहरुले विभिन्न विषयमा कार्यपत्र प्रस्तुत गरे। सिक्लेसको गाउँमा गरिएको दुई दिवसीय कार्यशाला गोष्ठीमा...
Read More
काठमाडौँ, ३१ जेठ। काठमाडौँ फोटोग्राफर संघ काठमाडौंको आयोजनामा शनिबार जेठ ३० गते Upgrade Your Skill With AI तपाईंको अर्को पाइला , फोटो र भिडियो यहाँबाट सुरु हुन्छ भन्ने मुख्य...
Read More
काठमाडौँ, १५ जेठ । सरकारले आगामी आर्थिक वर्ष २०७८र७९ का लागि लागि १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट ल्याएको छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको...
Read More
काठमाडौं, २६ भदौ नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको निधन भएको छ । घरभित्रकै वाथरुममा बेहोस अवस्थामा फेला परेका उनको परिवारका सदस्यहरुले त्रिवि शिक्षण अस्पताल पुर्याए पनि उनको निधन भइसेको...
Read More