पोखराका युवा साहित्यकारहरु बिच नेता नारायणमान बिजुक्छेको साक्षात्कार तथा अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ । नेपाल मजदुर किसान पार्टिका अध्यक्ष बिजुक्छे एक राजनैतिक नेता मात्र नभएर साहित्यकार पनि हुन । साहित्य तर्फ हरिवहादुर श्रेष्ठको नाममा आउने उनका साहित्य रचना प्रगतीशिल र देशभक्तीका हुने गर्दछन । पोखरा न्युरोडको हिमालयन रिर्डस र्कनरमा आयोजित एक समारोहमा भएको सो कार्यक्रममा सञ्जिव पौडेलले स्वागत मन्तब्य दिएका थिए भने बिशेष अतिथी कवी तिर्थ श्रेष्ठले नेता नारायणमान बिजुक्छेको साहित्यिक योगदानबारे चर्चा गरेका थिए । राजनिती र साहित्यको सम्बन्ध एवं समाजमा पार्ने प्रभावबारे नेता नारायणमान बिजुक्छले स्पस्ट पारेका थिए । पोखराका साहित्यकारहरु र साहित्य प्रति रुचिहुनेहरुको राम्रो उपस्थिती रहेको सो कार्यक्रममा युवा साहित्यकार सुरज उपाध्यको सभापतित्वमा भएको थियो । साक्षात्कार कार्यक्रमको सञ्चालन अर्का पोखरेली युवा साहित्यकार प्रान्जल अर्थात सन्जय न्यौपानेले गरेका थिए ।
पोखरा,५ भदौ । पोखरा फुटबल रङ्गशालामा फ्लड लाइट ९बत्ती० राखिने भएको छ। अन्तर्राष्ट्रिय मापदण्डको रङ्गशालामा रात्रिकालिन प्रतियोगिता सञ्चालनका लागि ‘फ्लड लाइट’ अनिवार्य रहेकाले राष्ट्रिय खेलकुद परिषद्ले यस वर्ष रु...
Read More
सरकारले तत्कालिन नेकपा माओवादीका जनमुक्ति सेनाबाट नेपाली सेनामा समायोजन भएका यमबहादुर अधिकारी‘प्रतीक्षा’ लाई सहायक रथी (ब्रिगेडियर जनरल) मा बढुवा गरेको छ । बिहीबार आयोजित नियमित पत्रकार भेटघाटमा भदौ २६...
Read More
काठमाडौं,१८ पौष । नेकपाको प्रचण्डमाधव समूहले पार्टी कार्यालय पेरिसडाँडामा पत्रकार सम्मेलन गरी संसद विघटन र सरकारविरुद्ध चरणवद्ध आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ । समूहले सार्वजनिक गरेको कार्यक्रमको पूर्णपाठ यस...
Read More
काठमाडौं, २ माघ । नेपाली कांग्रेसले संसद विघटनको कदमविरुद्ध माघ ३ गते शनिबार देशभर विरोध प्रदर्शन गर्ने भएको छ । पार्टी सभापति शेरबहादुर देउवाले प्रदर्शनमा सक्रिय सहभागी हुन अपील...
Read More