१ साउन,पोखरा आफ्नो स्थापना दिवस को अवसर पारेर पोखरा फोटोग्राफर संघले आयोजना गरेको रक्तदान कार्यक्रममा ३६ यूनिट रगत संकलन भएको छ । पोखरा फÞोटोग्राफÞर संघ पोखरा नेपालले आफ्नो ४१ औ बार्षीक उत्सब बिबिध कार्यक्रम गरी सप्ताहब्यापी रूपमा मनाऊने क्रममा आज पोखरा–४ चिप्लेढुंगामा रक्तदान सम्पन भयको छ । प्रमुख अतिथि वडा ४ का देवकृष्ण पराजुलि रहनू रहेका थिए भने बिशेष अतिथिमा फÞोटोग्राफÞर संघ गन्डकीका अध्यक्ष दूर्गाप्रसाद पौडेल र कैलास बचत तथा ऋण सहकारीका अध्यक्ष खडानन्द अधिकारी रहेका थिए ।
उक्त कार्यक्रममा महिला उपसमिति सदस्य शान्ती सूबेदी पूर्ब अध्यक्ष तूलसीराम सूबेदी संरक्षक गणेशलाल श्रेष्ठ निवर्तमान अध्यक्ष रबिनाथ दाहाल लगायतले रक्तदानकोे महत्व बारे बोलेका थिए भने स्वागत मन्तब्य कार्यक्रम संयोजक चन्द्र प्रकाश ढुंगाना ले गरेका थिए ।
संघका अध्यक्ष जनकराज तिवारीको अध्क्षयतामा भयको कार्यक्रममा सन्चालन सचिब बिशूराज बरालले गरेका थिए । कार्यक्रम को उद्घाटन प्रमूख अतिथि बाट संघ का संरक्षक गणेश छवि लाई ब्लडब्याग हस्तान्तरण गरी उदघाटन गरेका थिए ।
२०३९ सालमा शम्भुरत्न शाक्यको नेतृत्वमा संस्था स्थापना भई २०४७ सालमा गणेश छविको नेतृत्वमा जिल्ला प्रशाशन कार्यालय कास्कीमा विधिवत दर्ता भई ४१ औं वर्षमा प्रवेश गरेको छ ।कास्की जिल्ला भरी छरिएर रहेका फोटो ब्यवसायीहरु करिव १८० स्टुडियो यो संघमा आवद्ध रहेका छन् ।
संघ को सप्ताह ब्यापी कार्यक्रम अन्र्तगत रक्तदान,फोटोग्राफी पुरस्कार वितरण ,फोटोग्राफी भ्रमण तथा प्रचार प्रसार साथै पोखरा फोटोग्राफी अवार्डको घोषणा लगाएत का कार्यक्रम रहेको कुरा संघका उपाध्यक्ष रामचन्द्र पोख्रेलले बताए ।
काठमाडौं,२१ जेठ । जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर पक्ष सरकारमा जाने भएको छ । मन्त्रीहरुको सपथ राती ८ बजे राखिएको छ । जसपा स्रोतका अनुसार वरिष्ठ नेता राजेन्द्र...
Read More
पोखरा १६ असार । गण्डकी प्रदेशका पूर्व मुख्यमन्त्री खगराज अधिकारीले बाढी पहिरो लगायतका प्राकृतिक विपत्तिमा परेका जनताको उद्धार र राहत लगायतमा गण्डकी प्रदेश सरकारले प्रभावकारी भूमिका खेल्न नसकेको बताउनुभएको...
Read More
पोखरा, १८ पुस । पोखरामा अन्तर्राष्ट्रिय विमानस्थलको परिकल्पना गर्नुहुने तत्कालीन गण्डकी अञ्चलका अञ्चलाधीश शङ्करराज पाठकलाई पोखरामा रथारोहणसहित नागरिक अभिनन्दन गरिएको छ । पोखरा महानगरपालिकाले ९१ वर्षीय पाठकलाई हिजो अमरसिंह...
Read More
हेमजा, १३ फागुन। यहि चैत २६ गतेदेखि बैशाख ३ गतेसम्म हेमजामा हुन लागेको ११ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सव अन्तरगत गठित विभिन्न उपसमितिलाई पूर्णता दिइएको छ । शनिवार...
Read More