जेठ २८ गते २०७९

पोखराको तेर्सापट्टिमा अत्याधुनिक महल, संयुक्त आवास योजना समयको माग भएको दाबी


कमल पौडेल अथक
पोखरा २८, जेठ

पछिल्लो समयमा संयुक्त आवास योजना समयको माग भएको एक कार्यक्रमका वक्ताले वताएका छन् । पोखरा ३, तेर्सापट्टिमा कम्फर्ट गुडवीलद्धारा निर्मित पोखरा रेसिडेन्सी नामक संयुक्त आवास कार्यक्रमको शुक्रवार चावी हस्तान्तरण गर्ने कार्यक्रममा वोल्ने वक्ताहरुले सो कुरा वताएका हुन् ।
कार्यक्रममा अपार्टमेन्ट खरिदकर्ताहरुलाई चाबी हस्तान्तरण गर्दै प्रदेश सांसद मीनप्रसाद गुरुङले पोखरामा नयाँ अपार्ट वनेपछि एउटा नयाँ आकर्षण थपिएको वताए ।
उनले थोरै जमिनको सदुपयोग गर्दै कृषि योग्य जमिनको संरक्षण गर्न यो कार्यक्रम प्रभावकारी हुने बताए ।
कम्पनीका वित्त तथा प्रसाशन प्रमुख गुणाखर सापकोटाले सामुहिक आवास कार्यक्रम समयको माग भएको वताउँदै यसले पोखराको पर्यटनमा समेत टेवा पुग्ने वताए । नब निर्मित सुविधा सम्पन्न अपार्टमेन्ट अहिले पोखरा, काठमाण्डौ सहित अन्य जिल्ला र विदेशमा रहेका नागरिकहरुले पनि खरिद गरेको उनले वताए ।

साढे ६ रोपनी जग्गामा पोखरा ३ तेर्सापट्टिमा निर्माण सम्पन्न भएको पोखरा रेसिडेन्सीमा १ सय ७ वटा अपार्टमेन्ट रहेका छन् । ती मध्ये १ सय ४ वटा विक्री भै सकेको र ३ वटा वाँकी रहेको संञ्चालक मध्येका एक नरवहादुर भूजेलले जानकारी दिएका छन् । २०७५ बैशाखदेखि निर्माण सुरु गरी २०७९ जेठमा सम्पन्न रेसिडेन्सी १ अरब ८२ करोडको लागतमा निर्माण सम्पन्न भएको उनले जानकारी दिए ।
सो रेसिडेन्सीमा न्युनतम १ करोड ३० लाखदेखि बढीमा २ करोड ५० लाखसम्मका अपार्टमेन्ट रहेको उनले वताए । कम्पनीमा अहिले ८ जनाले प्रत्यक्ष रोजगार पाएका छन् । रेसिडेन्सी भित्र स्वीमिङ पुल, सेमिनार हल, ज्याकुजी, योगा, जीमहल लगायत भित्रै निशुल्क पार्किङको व्यवस्था समेत रहेको संञ्चालक भुजेलले जानकारी दिए ।
कम्पनीका अध्यक्ष नरेन्द्र बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा संञ्चालकहरु दोबबहादुर कार्की, डीबी गुरुङ, दीलकुमार भूजेल, बिमल वस्याल, रवीन्द्रवहादुर प्रजू, पोखरा ३ का अध्यक्ष प्रकाश उदास लगायतले वोलेका थिए ।