पोखरा महानगरपालिकाले नगरका ९ वटा ताल देखि ताल सम्म जोड्ने साइकल मार्ग निर्माणका लागि सरोकारवालासँग यहि २०७८ फागुन १९ गते बिहीबार हाेटल माउन्ट कैलाश लेकसाइडमा अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम रिजालले समुन्नत पर्यटकीय पोखराका लागि महानगरले चालु आर्थिक वर्षमा साइकल मार्गका निम्ति ३० लाख बजेट विनियोजन गरेकाे जानकारी दिनुभयाे । १ सय ३ किलोमिटर साइकल ट्रयाकको विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भई ३५ करोडको लागत प्रक्षेपण गरेकाे बताए ।
महानगर शहरी योजना आयोगका उपाध्यक्ष डा.रामचन्द्र लामिछानेले उद्धेश्य माथि प्रकाश पार्दै ‘फोसिल फ्युल हाम्रो उत्पादन होइन केवल हामीले खपत मात्रै गर्ने भएकाले इन्धन बचत र स्वस्थ्यका लागि पनि पोखरालाई साइकल सिटीको रूपमा विकास गरी पर्यटन प्रर्वद्वनमा टेवा दिने बताए । डा. लामिछानेले ‘कनेक्ट लेक टु लेक’ पर्यटन प्रर्वद्वनका लागि साइकल राम्रो विकल्प हो । विश्वका साइकल मार्ग मध्ये यो पृथक् खालको छ । साइकल मार्ग पोखराको गौरवको योजना भएकाले यसलाई निरन्तरता दिन त्रिवर्षीय योजनामा समावेश गरिएको जनाए ।
डा.रामचन्द्र लामिछाने
पोखराका ९ ताल फेवा, रुपा, वेगनास, कमलपोखरी, खास्टे, न्युरेनी, गुदे, दिपाङ, मैदी अन्तर्राष्ट्रिय महत्वको रामसार क्षेत्रमा सूचीकृत भइसकेको अवस्थामा प्राकृतिक र साँस्कृतिक विविधताले युक्त पोखराको सौन्दर्य अवलोकनका लागि साइकल संस्कृति अनिवार्य रहेको बताउनु भयाे ।
वनविज्ञान अध्ययन संस्थानको उप-प्राध्यापक एवम् पर्यटनविद् श्रीकान्त शर्मा खतिवडाले ‘टुरिज्म प्रडक्ट एण्ड रिसोर्सेस अराउन्ड दि साइकल लेन इन पोखरा’ शीर्षकमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
श्रीकान्त शर्मा खतिवडा
खतिवडाले साइकल लेनको रेखाङ्कन भइसकेको अवस्थामा देखिने गरी महानगरपालिकाले अविलम्व काम सुरु गर्न सुझाए । साइकल मार्गले समग्र पोखराको पर्यटकीय गन्तव्यलाई छुने हुँदा पर्यटकका लागि साइकल भरपर्दो र उपयोगी माध्यम भएकाले पर्यटकीय उत्पादनको विस्तारीकरणमा सहयोग पुग्ने बताए ।
भूतपूर्व खेलाडी मञ्चका पूर्व अध्यक्ष खड्गबहादुर रानाभाटले महानगरले कनिका छरेजस्तो गरेर बजेट फाल्नु भन्दा देखिने गरी सरोकारवालासँग छलफल गरेर काम गर्दा उपयुक्त हुने धारणा राखे ।
खड्गबहादुर रानाभाट
साइकल लेनले पोखरा महानगरको पश्चिम क्षेत्र पञ्चासे सम्मलाई जोड्ने सके अझ प्रभावकारी हुने रानाभाटको सुझाव थियो ।
कार्यक्रममा साइकल सिटीका पूर्व अध्यक्ष प्रकाश बज्राचार्यले नेपालमा साइकल लेनकाे बारे नेपाल सरकारलाई पहिलाे पल्ट ज्ञापनपत्र पेश गर्ने साइकल सिटी पाेखरा रहेकाे बताउनु भयाे।
प्रकाश बज्राचार्य
आज यसै बिषयमा अन्तरक्रिया कार्यक्रम सहभागी हुन पाउँदा हामीलाई गर्व लागेकाे र अब जति सक्दाे चाँडो अबिलम्ब काम अगाडि बढाई साइकल लेन बनाउनु पर्ने बिषयमा जाेड दिनु भयाे।साहसिक खेलकाे उद्वगम स्थल पाेखरा साइकलकाे माध्यमले अहिले खस्किरहेकाे पर्यटनलाई थप बल पुग्ने बताउनु भयाे। ई. महेन्द्रबहादुर गोदार, भरतराज पौडेलले पनि साइकलकाे कारण पाेखरा अन्तर्राष्ट्रिय पर्यटककाे आगमन हुने र यसले समग्र पाेखराकाे हित हुने छ बताउनु भयाे।
सुरेश रानाभाट
सञ्चारकर्मी सुरेश रानाभाटले पाेखरामा एक वडा बाट अर्काे वडामा जान र स्वयम् जनप्रतिनिधि पनि साइकल चढनु पर्ने,महानगरपालिकाले पनि सर्वसाधारण लागि निशुल्क साइकल ब्यवस्थापन गर्दा साइकलले बातावरण र स्वास्थमा राम्रो सन्देश दिने बताउनु भयाे।
ई. महेन्द्रबहादुर गोदार
युके एड सुदृढ परियोजनाको आर्थिक सहयोगमा विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) तयार भइ ३५ करोडको लागत प्रक्षेपण गरिएको छ । जसमा महानगरका १८ वटा वडा समेटिएका छन् । साइकल सिटीको रूपमा पोखरालाई चिनाउन ‘मेयर साइकल कम्पिटिसन’ पोखरा महानगर पालिकाबाट आयोजना गरिएको थियो । पोखरा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बलराम रिजालको सभापतित्वमा सम्पन्न अन्तरक्रिया कार्यक्रमको सञ्चालन ई.नेत्र तिमिल्सिनाले गरेका थिए ।
पाल्पा , १० माघ । पाल्पा–गुल्मी सडकखण्ड एक महिना दैनिक १२ घण्टा बन्द हुने भएको छ। तानसेनस्थित बर्तुङ–रिडी–तम्घास सडकअन्तर्गत मालमुल–जोर्ते सडकखण्ड चौडा गर्ने काम भइरहेकाले सोमबारदेखि फागुन ९...
Read More
कमल पौडेल अथक पोखरा १३, भदौ वजार अनुगमन समिति कास्कीले बुधवार पोखराको एक खाद्य स्टोरलाई १ लाख रुपैयाँ जरिवाना गरेको छ । उपमोक्ताको स्वास्थ्यमाथि गम्भीर खेलवाड गर्दै सामान विक्री...
Read More
कमल पौडेल अथकपोखरा १९, जेठ पोखरा महानगरपालिकाका नव निर्वाचित मेयर धनराज अचार्यले दुई दिन अगाडि एउटा विज्ञप्ति सामाजिक सञ्जालमा सार्वजनिक गरे ।जहाँ उनले उद्घाटन गर्ने, केक काट्ने र रिवन...
Read More
पोखरा, २७ चैत । कास्कीको अन्नपूर्ण गाउँपालिका–१०÷११ घान्द्रुकमा ‘पर्यटन महोत्सव’ सुरु भएको छ । ‘सबै मौसममा पर्यटन’ भन्ने नारासहित आजदेखि सुरु भएको घान्द्रुक पर्यटन महोत्सव चैत ३० गतेसम्म सञ्चालन...
Read More