जेठ १५ गते २०७९

स्याङजाको गोर्खा स्मारक लथालिङ्ग, योजना धरापमा


कमल पौडेल अथक
पोखरा १५, जेठ


गेसोलाई पाखा लगाएर नेपाल सरकारले हात हालेपछि स्याङजाको फेदीखोला १ साल्मेडाँडामा निर्माणाधिन गोर्खा स्मारक लथालिङग भएको छ । बेलायती सरकारको निर्देशनमा भुतपूर्व गोर्खा सैनिक संघ गेसोलाई पाखा लगाएपछि योजना लथालिङग भएको बताइन्छ ।
सरकारले हस्तक्षेप गरेपछि स्मारक अलपत्र परेको शनिवार निर्माण स्थलमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको हो ।
भूतपूर्व गोर्खाको समाधिस्थल र स्मारक निर्माण गर्न डिजाइन गरिएको आयोजनामा जवर्जस्त राजनीतिक हस्तक्षेप गरी तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीको पालामा गेसोलाई पाखा लगाएको संरक्षक पदमवहादुर गुरुङले वताए ।
ओलीले तत्कालिन सांसद डा गणेशमान गु्रुङको हातमा राज्य कोषवाट रु ५ करोड ८० लाख रुपैयाँ दिएर गेसोको हातबाट संरचना खोसेको उनले आरोप लगाए ।
समाधिस्थल निर्माण भएपछि वेलायतकी महारानीको हातवाट उद्घाटन गराउने उद्धेश्य राखिएको साल्मेडाडा स्मारक जथाभावि निर्माणले गर्दा अहिले बेवारिसे बन्न पुगेको उनले वताए ।
हामीले वेलायतमा मारिएका ८० हजार भूतपूर्व गोर्खा सैनिकको शालिक निर्माण गरेर बेलायतकी महारानीको हातवाट उद्घाटन गर्न लगाई वेलायत सरकारलाई झुकाउन खोजेको भएपनि त्यसलाई सरकारले नै असफल वनाएको गुरुङले वताए ।
केही व्यक्तिहरु वेलायत सरकारको दवावमा परेर गोर्खा समाधिस्थल भताभुङग पार्न योजनाबद्ध रुपमा नै लागि परेको उनले वताए ।
सो स्थानमा वहुजातीय सांस्कृतिक ग्राम, धरहरा भन्दा २ फिट अग्लो समाधिस्थल निर्माण गर्ने योजना भएपनि अहिले जथाभावि निर्माण गरिएको छ । निर्माण सामग्री गुणस्तरहीन छ । इन्जिनियर शंकरनाथ रिमालले डीजाइन गरेको साल्मेडाँडाको स्टक्चर विगारिएको छ ।
करिव १५ करोड देखि २० करोडको अनुमानित लागतमा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको समाधिस्थलमा हालसम्म गेसोले ६ करोड खर्च गरेको छ भने नेपाल सरकारले पनि ६ करोड खर्च गरिसकेको छ । तर संरचना अत्यन्तै फितलो रहेको छ । अहिले निर्माण सम्पन्न नहुँदै केही संरचना टुटेको र फूटेको भेटिन्छ । सो स्मारकको डिजाइन साल्मेडाँडामा रहेको करिव ३ सय रोपनी क्षेत्रफलमा गरिएको छ ।
नेपाल बेलायत सरकारको अण्डरमा रहेको वताउँदै देशलाई सार्वभौम बनाउन गोर्खाभर्ति केन्द्र तत्काल हटाउनु पर्ने संरक्षक गुरुङले वताए । नेपालमा रहेका बेलायती सैनिक क्याम्प समेत तत्काल हटाउनु पर्ने उनले वताएका छन् । करिव ४० हजार नेपाली युवालाई रोजगार दिएको बहानामा बेलायत सरकारले नेपालको स्वधिनता माथि हस्तक्षेप गरेको संरक्षक गुरुङको आरोप छ ।