नेपाल भरी स्थानिय निकायको निर्वाचन हुदैछ । धमाधम निर्वाचन केन्द बन्दैछन । निर्वाचनमा खटिएका कर्मचारी तथा सुरक्षाकर्मीले हिजो र आज लगाएर मतदान केन्द्रको ब्यावस्थापनमा लागि परिरहेका छन । उता उमेदवार के कती कसरी भोट आउने हो भन्ने आकलनमा ब्यस्त छन । मतदाता यो मौन अवधीमा को कस्लाई कसरी मतदान गर्ने भन्ने घरायसी छलफलमा जुटिरहेका छन दाजुभाई दिदी बैनी आफन्त बिच घर सल्लाह गर्दैछन । यही हो लोकतान्त्रीक प्रक्रिया । वास्तवमा यो स्थानिय निर्वाचन भएकाले आफ्नो गाउ वा टोलको बिकास गर्ने मान्छे चुन्ने प्रक्रिाय भएकाले कुनै पार्टी वा सिद्धान्तको दाम्लोमा बाधिनु उपयुक्त हुदैन भन्ने धेरै छन । पार्टी वा दलिय कार्यकर्ताले जे सुकै भने पनि स्थानिय तहमा हरेक मानिसले उपयुक्त मान्छे हेरेर मतदान गर्न आवश्यक पर्दछ । त्यसैले आफ्नो पार्टी यो सिद्धान्त वा उस्ले भनेको मान्छे भन्दा आफ्रनै मनले मनपराएको योग्य मान्छेलाई मतदान गरेमात्र वास्तविक स्वतन्त्र नागरिक भइन्छ । त्यसैले यस पटक कसैको बधुवा रैैति नबनी कुनै पार्टी दलको मुख नहेरी असल नेता चुन्नु पर्ने धेरै जनताको अभिमत छ । स्वतन्त्र नागरिक बनौ र आफ्नो नागरिकको मौलिक अधिकार प्रयोग गरौ ।
गण्डकी प्रदेश कुल मतदाता : १७ लाख ८९ हजार ४११
तथ्यांकमा स्थानीय तह निर्वाचन :1. कुल मतदाता : एक करोड ७७ लाख ३३ हजार ७२३ 2. पुरुष : ८९ लाख ९२ हजार १० 3. महिला : ८७ लाख ४१ हजार ५३० 4. अन्य : १८३ मतदाता5. सबैभन्दा धेरै मतदाता : बागमती प्रदेश6. बागमती प्रदेश : ३४ लाख १२ हजार ८६९7. मधेस प्रदेशमा : ३३ लाख ३१ हजार १७०, 8. प्रदेश १ : ३३ लाख ४७ हजार ३८४, 9. लुम्वीनी : ३२ लाख १९ हजार ४५७ मतदाता10. गण्डकी प्रदेश : १७ लाख ८९ हजार ४११, 11. सुदुरपश्चिम : १६ लाख ३२ हजार १५० 12. कर्णाली प्रदेश : १० लाख एक हजार २८२ 13. निर्विरोध : ३९० 14. उम्मेद्वारी : एक लाख ४५ हजार ११ 15. पुरुष उम्मेद्वार : ८९ हजार तीन सय १३ 16. महिला उम्मेद्वार : ५५ हजार ६९८17. मतदान स्थल : १० हजार ५ सय ५६ 18. मतदान केन्द्र : २१ हजार ९५५ 19. स्वयम्सेवक : ६५ हजार ८६५ 20. पर्यवेक्षक : ५ हजार 21. कर्मचारी : एक लाख ९ हजार ८८ 22. कुल पालिका : ७५३ 23. महानगरपालीका : ६, 24. उपमहानगर : ११, 25. नगरपालीका : २७६26. गाउँपालिका : ४६०27. वडाध्यक्ष : ६ हजार ७४३ 28. महिला सदस्य : ६ हजार ७४३29. दलित महिला सदस्य : ६ हजार ७४३ 30. खुल्ला वडा सदस्य : १३ हजार ४८६ 31. आयोगमा दर्ता भएका दलको संख्या : ७९ (श्रोत : निर्वाचन आयोग )
पोखरा महानगर पालिका, वडा नं ८, सिमलचौर मतदान केन्द्र तयारी ।
व्यवसाय, रोजगारी वा कुनै आयआर्जन गरेपछि राज्यका हरेक नागरिकले सरकारलाई कुनै न कुनै रूपमा कर बुझाउनैपर्छ। जानाजान वा अन्जानमा तपाईंले कर नबुझाए सरकारी कारबाही तथा जरिवानामा पर्न सक्नुहुन्छ। सरकारले...
Read More
कास्की जिल्लाको पश्चिमी भेकमा रहेको पर्यटकिय ठाउ अन्नपूर्ण गाउपालिका अहिले नेकपा एमालेको नेतृत्वमा पुगेको छ । गाउपालिका अध्यक्ष पदमा बिष्णु बहादुर केसी र उपाध्यक्षमा चन्द्रकला अधिकारी बिजयी भएका छन...
Read More
नवराज रेग्मी’चिन्तन’ ———– कवाडी-कवाडी भनी,पैसाे लगे दक्षिण तिरै पशुपतिमा जाेगी बनी,पैसाे लगे दक्षिण तिरै। अाफ्नै देशमा श्रम गर्न,लाज मान्छाैं हामी टन्नै कमाय बने धनी,पैसाे लगे दक्षिण तिरै।।
Read More
जीवन सधै एकनास हुदैन।जीवनमा कहिले उकाली आउंछन,कहिले ओराली र कहिले घुम्ती मोडहरू प्राय आइनै रहन्छन।जसको दिमाग स्वस्थ हुन्छ,उसले यस्ता उतारचढावलाई सहजै स्वीकार्छ।दिमागलाई स्वस्थ राख्नका लागि आफूसँग रहेका सामान्य अस्वस्थ...
Read More