चैत्र ११ गते २०७८

अहिले कोरोना शुसुप्त छ मृत्य हैन


शुक्रबार पोखरामा राइट फर चिल्डेन संस्थाले कोरोनो भाइरस सचेतना कार्यक्रम गरेको छ । कार्यक्रममा गण्डकी मेडिकल कलेजका डाक्टर बिजय पाण्डेले कोरोना भाइरस, त्यसको सक्र्रमण तथा होसियारी सजकता बारे प्रकास पार्नु भएको थियो । छिमेकी मुलुक चिन बाट शुरु भएकोकोरोनाले बिश्वका ६० लाख मानिसलाई मृत्युको मुखमा पुर्याएको र नेपालमा पनि झण्डै १२ हजारले ज्यान गुमाइसकेको तथ्य प्रस्तुत गर्नु भएको थियो । अहिले पनि कोरोनाको सचेतना आवश्यक रहेको बताउदै डाक्टर पाण्डेले कोरोना मृत्य नभएको मात्र सुप्त भएको बताउनुभयो । पोखरा क्षेत्रमा युवा महिला रोजगार परियोजना मार्फत युवा महिलाहरुलाई बिभिन्न सिप तालिम तथा रोजगारीको लागि सहयोगी बनिरहेको यो राइट फर चिल्ड्रेन संस्थाले अहिले पनि ६० महिला युवालाई आवासिय सेवा गरी तालिम दिइरहेको लगायत उक्त संस्थाको उदेश्य तथा भैरहेका कार्यक्रमका बारेमा संस्थाकै सदस्य तथा उक्त कार्यक्रम सञ्चालक निकिता कोइरालाले बताउनुभयो । कार्यक्रममा पोखरा लेकसाइड क्षेत्रका होटल ब्यावसायी तथा कामदारहरुको उपस्थिती थियो ।