भारतीय राजदुतावास, भारतिय पेन्सन बितरण शाखा पोखराले मिती २०२२ मार्च ६ तारिख देखी आयोजना गरेको “अन्तर बटालियन भू पू भलिबल च्यम्पियनसिप्-२०२२” लिग कम नक आउटको आधारमा खेलहरु सन्चलन भैरहेको छ ।
रेफ्रीलाई बल हस्तान्त्रण गर्दै OIC, PPO Pokhara, Lt Col श्री शसाङक त्रिपाठी
प्रतियोगिताको उद्घाटन पि पि ओ पोखराका ओ आई सि लेफ्टिनेण्ट कर्नल श्री शसाङक त्रिपाठी ज्युले रेफ्रीलाई बल हस्तान्त्रण गरी गर्नुभएको थियो । जस्मा भारतिय सेनामामा कार्यरत १८ बटालियनका भू पू हरुले जोस र उमंगका साथ हिस्सा लिएका छन । यो प्रतियोगिता भरतको ७५ औ आजादिको अमृत महोत्सबको उपलक्ष्यमा सन्चालन भैरहेको हो ।
लगातार १० दिनसम्म चल्ने प्रतियोगितामा आज भएको खेलहरु: 2/9 GR Vs 4/9 GR बिचको खेलमा 2/9 GR ले वक ओभर गरेकोले 4/9 GR बिजेता घोसित भएको छ भने 2/1 GR Vs PPO PKR बिच भएको खेल सिधा सेटमा 2/1 GR बिजय भएको छ तेस्तै 4/8 GR Vs 5/8 GR बिच हुनुपर्ने खेलमा 4/8 GR ले वक ओभर गरेकोले 5/8 GR बिजेता भएको छ ।
आजको अन्तिम खेल 3/1 GR Vs 6/5 GR बिच भएको खेल मा 6/5 GR सिधा सेटमा बिजयि भएको छ भने भोली हुने खेल हरु: 6/8 GR Vs 4/8 GR , 5/4 GR Vs 5/9 GR , 2/5 GR Vs 2/4 GR, 1/3 GR Vs 2/8 GR बिच हुने जानाकारी सुबेदार मेजर अनरी कप्तान ठाकुर प्रसाद पौडेल, विशिष्ट सेवा मेडल, एडम सुपरभाईजर पीपीओ पोखराले जानाकारी गराउनुभएको छ ।
भाद्र १४, पोखरा, पोखरा फोटोग्राफर संघ, पोखरा नेपाल द्वारा सञ्चालित चौथो पोखरा फोटोग्राफी अवार्डका बिभिन्न ९ बिधाहरुको प्रतियोगितामा ५र५ सर्वोत्कृष्ठ फोटो तथा फोटोग्राफरहरु घोषणा गरिएको छ भने यस बर्षको...
Read More
पोखरा, १५ असार । पोखरा–२५ हेमजा स्थित देवीस्थान सेवा समाजले पाचौ हेमजा हिलो महोत्सव–२०८२ सम्पन्न गरेको छ । आइतबार दिनभरजसो हेमजामा हिले महोत्सवको रौनकमा रह्यो। दिनभरको झरी नभनी महोत्सवमा...
Read More
साउन २ गते २०८१ पोखरा फोटोग्राफर संघ पोखरा नेपालको ४३ औं स्थापना दिवसका अवसरमा खुल्ला रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ब्यबसायीक प्रवद्र्धन संगै समाज रुपान्तरणका लागी महत्वपूर्ण भुमिका...
Read More
कमल पौडेल अथक पोखरा १९, साउन नेपाल महिला संघ कास्की क्षेत्र नं ३ ले शुक्रवार अगुवा महिला प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । संघले पोखरा २५ हेम्जामा आयोजना गरेको...
Read More