साइकल सिटी पोखराको ५ औं अधिबेशन सम्पन्न,अध्यक्षमा अभिशेक कोइराला (फोटो फिचर)
फागुन,पोखरा ।
स्वाश्थ्य वातावरण र पर्यटनका लागी साइकल भन्ने मुल नाराका साथ स्थापना भएको साइकल सिटी पोखराको १० औं साधारण सभा तथा ५ औं अधिबेशनबाटअभिशेक कोइरालाको अध्यक्षतामा ११ सदस्यीय कार्य समिति निर्विरोध चयन भएका छन् ।
क्लबको उपाध्यक्षमा राजन गोङ्गजु,सचिवमा जय गुरुङ्ग, कोषाध्यक्षमा दिपक कार्की सह–सचिवमा धरम बहादुर लामिछाने सदस्यहरुमा मोहन सिंह लालचन,नवराज थापा,दिपेन्द्र मर्सानी,दुर्गा प”साद अधिकारी,रक्से लामा र राजिव मुल्मी निर्विरोध निर्वाचित भएको कुरा निर्वाचन संयोजक प्रकाश बज्राचार्य ले जानकारी दिएका छन ।
प्रम’ख अतिथि प’राना साईकलिस्ट तथा चित्रकार आलोक गुरुङ्गले साइकलको महत्व र उपयोगिता धेरैनै रहेको र स्वाश्थ्य तथा पर्यावरणका लागी अति उपयोगी भएको उल्लेख गरे तेस्तै अतिथि कास्की जिल्ला साइक्लिङ्ग संघका अध्यक्ष शंकर भण्डारी, पुर्व अध्यक्ष प्रकाश बज्राचार्य, जितेन्द्रमान शाक्य, ले साइकल सिटी पोखराले उल्लेखनीय कार्य गरेकोमा धन्यवाद व्यक्त गरेका थिए । सभाले कोषाध्यक्ष जय गुरुङ्ग ले प्रस्तुत गरेको आर्थिक प्रतिबेदन सर्वसम्मत पारित गरेको थियो ।
कार्यक्रममा साइकल सिटी पोखराले आयोजना गरेको टुर दि पोखरा भब्य र सभ्य रुपमा सम्पन्न गरेकोमा संयोजक राजन गोङ्गजु लाई मायाको चिनो प्रदान गरिएको थियो भने साइकल मार्फत बिभिन्न ठाउहरुको प्रमोशन साथै भिजिट गर्ने साइकलिष्टहरुलाई सम्मान गरिएको थियो । क्लबका अध्यक्ष महेन्द्रराज कोइरालाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष अभिशेक कोइराला र कार्यक्रम संचालन जय गुरुङ्गले गरेका थिए ।
काठमाडौं,५ भदौ । जापान सरकारले अनुदानमा प्रदान गरेको खोप २ लाख ८ हजार सात सय खोप आज काठमाडौँ आइपुगेको छ । जापानले नेपाललाई पठाएको १६ लाख १४ हजार सात...
Read More
हिन्दूहरूको लागि अति पूजनीय कालो रङ्गको बाटुलो शिला ढुङ्गा नै शालिग्राम हो । संस्कृतमा यसलाई शालग्राम भनिन्छ । नेपालको कालीगण्डकी नदी यसको लागि प्रख्यात छ । वैष्णवहरू र सनातनीहरूले...
Read More
काठमाडौँ,२१ फागुन । नेकपाका दुई दर्जन सांसदले पार्टीभित्रैबाट सरकारको नेतृत्वको विकल्प दिएर एकता जोगाउनुपर्ने भन्दै लबिङ गर्दै आएका छन् । सांसदहरू कृष्णप्रसाद दाहाल, गणेश पहाडी, यज्ञराज सुनुवार, भूमि त्रिपाठी,...
Read More
पोखरा, २ असोज।पृथ्वीनारायण क्याम्पस नेपाली विभागले विभागीय पुस्तकालय स्थापनाको लागि प्रयास थालेको छ।विभागले त्यस सम्बन्धमा गृहकार्य समेत गरी करिव १ हजार बढी पुस्तक पनि संकलन गरिसकेको छ।शुक्रवारसम्म कुल ५५...
Read More