दर्शकले अत्याधिक रुचाएको नाटक ‘चरणदास चोर’ पुन मञ्चन हुने
राम प्रसाद पाण्डे राजु पोखरा, १९ मंसिर ।
पोखरा थिएटरको गन्धर्ब नाटक घरमा नाटक चरणदास चोर पुन मञ्चन हुने भएको छ । रेनेसा थिएटरको पहिलो प्रस्तुतिको रुपमा रहेको नाटक दर्शकको अत्याधिक माग संगै पुन मञ्चन गर्ने भएको हो । हांस्यचेत र संबेदनाले भरिएको नाटक गत मंसिर १ देखि १४ गते सम्म नियमित र १५ गते स्कूलको माग अनुरुप बुकिङ्ग शो गरी १९ शो भब्यरुपमा मञ्चन गरिसकेको छ । करिब २५०० दर्शकले हेरीसकेको नाटकमा पुन दर्शकको उत्साहाजनक सहभागिता रहनेमा नाटकका कलाकार रमेश बाबु तिमल्सिना विश्स्त छन् ।
नाटकमा समसामयिक बिषयबस्तु उठान, राजनिति प्रति ब्याङ्य संगै धनि र गरिब बिचको बिभेदलाई उजागर गर्न गरिएको छ । नाटक चरणदास चोरलाई भारतका प्रख्यात नाट्य निर्देशक तथा कलाकार हविव तनविरले सन् १९७५ मा लेखेका हुन्। यस नाटकलाई नेपाली नाट्य निर्देशक तथा रंगकर्मी आशान्त शर्मा अनुवाद गरेको हुन्। निश्चल बिमलको निर्देशन रहेको यस नाटकमा शरद, ध्रुवराज पौडेल, सरोज तिवारी, रोशनी रामदाम, सुमन तिमिल्सिना, उज्वलराज ढकाल, गौरव पौडेल, रमेशबाबु तिमल्सिना, मनोज सुनार, एम.डी माफ्ले, नौर क्षेत्री, सुशील बराल, आदित भुजेल, विवेक मन, एलिसा, सुविना श्रेष्ठ लगायतका कलाकारहरूले अभिनय रहेको छ ।
दर्शकहरुकोे अपार मायां र हौसलाले गर्दा नाटक यही मंसिर २२ गते देखि २५ गते सम्म पुन मञ्चन गर्न लागेको नाटकका निर्देशक निश्चल बिमलले जानकारी दिए । थप गरिएको चार दिनमा बेलुका ५ बजे नियमित शोे, शनिबार दिउसो १ बजे अतिरिक्त शो संगै माग अनुसार बुकिङ्ग शो पनि गर्न सकिने जनाएको छ ।
काठमाडौं, ३० जेठ । कोरोनाभाइरस संक्रमण रोकथामका लागि काठमाडौं उपत्यकामा जारी निषेधाज्ञाको अवधि एक साता थप गरिएको छ । कोरोनाको महामारी अझै उल्लेख्य नघटेको भन्दै तीन जिल्लाका सीडीओले निषेधाज्ञा...
Read More
चितवन, १० मंसिर । रोल्पाबाट नवनिर्वाचित सांसद तथा नेकपा माओवादी केन्द्रका उपमहासचि वर्षमान यसै साता चीन जाने भएका छन् । नियमित स्वास्थ्य उपचारको सन्दर्भ मिलाएर वर्षमान पुन बेइजिङ जान...
Read More
पोखरा । कास्की २ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा का उम्मेदवार उत्तम पौडेल निर्वाचित भएका छन्। उनले एमालेले भन्दै आएको किल्ला तोडेका हुन् । एमालेले २०६४ यताका कुनै पनि...
Read More
पोखरा, ४ साउन । स्वतन्त्र पत्रकार संघ नेपालले काहुँकोटको पर्यटकीय संभावनाका विषयमा वृहत अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । पोखराको नजिक रहेर पनि ओझेलमा परेको काहुँकोटको विकासका लागि यही...
Read More