दर्शकले अत्याधिक रुचाएको नाटक ‘चरणदास चोर’ पुन मञ्चन हुने
राम प्रसाद पाण्डे राजु पोखरा, १९ मंसिर ।
पोखरा थिएटरको गन्धर्ब नाटक घरमा नाटक चरणदास चोर पुन मञ्चन हुने भएको छ । रेनेसा थिएटरको पहिलो प्रस्तुतिको रुपमा रहेको नाटक दर्शकको अत्याधिक माग संगै पुन मञ्चन गर्ने भएको हो । हांस्यचेत र संबेदनाले भरिएको नाटक गत मंसिर १ देखि १४ गते सम्म नियमित र १५ गते स्कूलको माग अनुरुप बुकिङ्ग शो गरी १९ शो भब्यरुपमा मञ्चन गरिसकेको छ । करिब २५०० दर्शकले हेरीसकेको नाटकमा पुन दर्शकको उत्साहाजनक सहभागिता रहनेमा नाटकका कलाकार रमेश बाबु तिमल्सिना विश्स्त छन् ।
नाटकमा समसामयिक बिषयबस्तु उठान, राजनिति प्रति ब्याङ्य संगै धनि र गरिब बिचको बिभेदलाई उजागर गर्न गरिएको छ । नाटक चरणदास चोरलाई भारतका प्रख्यात नाट्य निर्देशक तथा कलाकार हविव तनविरले सन् १९७५ मा लेखेका हुन्। यस नाटकलाई नेपाली नाट्य निर्देशक तथा रंगकर्मी आशान्त शर्मा अनुवाद गरेको हुन्। निश्चल बिमलको निर्देशन रहेको यस नाटकमा शरद, ध्रुवराज पौडेल, सरोज तिवारी, रोशनी रामदाम, सुमन तिमिल्सिना, उज्वलराज ढकाल, गौरव पौडेल, रमेशबाबु तिमल्सिना, मनोज सुनार, एम.डी माफ्ले, नौर क्षेत्री, सुशील बराल, आदित भुजेल, विवेक मन, एलिसा, सुविना श्रेष्ठ लगायतका कलाकारहरूले अभिनय रहेको छ ।
दर्शकहरुकोे अपार मायां र हौसलाले गर्दा नाटक यही मंसिर २२ गते देखि २५ गते सम्म पुन मञ्चन गर्न लागेको नाटकका निर्देशक निश्चल बिमलले जानकारी दिए । थप गरिएको चार दिनमा बेलुका ५ बजे नियमित शोे, शनिबार दिउसो १ बजे अतिरिक्त शो संगै माग अनुसार बुकिङ्ग शो पनि गर्न सकिने जनाएको छ ।
पोखरा, २४ बैशाखलोक नृत्य राज्यको गहना भएको एक कार्यक्रमका वक्ताले वताएका छन् । लोक नृत्य कलाकार संघ कास्कीद्धारा शनिवार पोखरामा आयोजित छलफल कार्यक्रमका वक्ताले सो कुरा वताएका हुन् ।...
Read More
काठमाडौं,३० माघ ।बलात्कारपछि हत्या भएकी बैतडीकी भागरथी भट्टको हत्यामा संलग्नलाई तत्काल पक्राउ गर्न नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग माग गरेको छ। घटनाको अनुसन्धान तीव्र बनाउन कांग्रेस प्रवक्ता विश्वप्रकाश...
Read More
काठमाडौं, २ असोज । मौसम पूर्वानुमान महाशाखाले आज शनिबार पोखरा र काठमाडौंसहित पूर्वी नेपालमा वर्षा हुने आँकलन गरेको छ । नेपालमा भारतको उत्तर प्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको...
Read More
पोखरा, ०९ असार । प्रहरी प्रधान कार्यालयले ५२ प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । प्रहरी महानिरीक्षकको मंगलबारको निर्णयअनुसार असार महिनादेखिको तलब भत्ता समेत हाल सरुवा भएको स्थानबाट...
Read More