मंसिर १२ गते २०७८

कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त निर्वाचित, प्रोपोगाण्डा युक्त विज्ञप्ति सुदीपकोलागि झन् घातक


पोखरा १२, मंसिर
कमल पौडेल अथक


नेपाली कांग्रेस कास्कीको सभापतिमा किशोरदत्त वराल निर्वाचित भएका छन् । शनिवार दोश्रो पटक भएको मतदानमा प्रतिस्पर्धी सुदीप मोहन भट्राइलाई ८० मतले पराजित गर्दै बराल निर्वाचित भएका हुन् ।
बरालले ९ सय ९५ मत प्राप्त गरेका छन् भने भट्टराईले ९ सय १५ मत प्राप्त गरेका थिए । हिजो दोश्रो पटक भएको मतदानमा १ हजार ९ सय २६ मत खसेको थियो ।
यसअघि शुक्रवार भएको मतदानमा ५ जना सभापतिका उमेदवार बीच प्रतिस्पर्धा हुँदा किशोर र भट्टराई प्रतिस्पर्धी वनेका थिए । यता सभापतिका उमेद्वार पोषनाथ शर्मा, आइवहादुर गुरुङ र गिरीराज गौतम रिङआउट भएका थिए ।
अन्य पदाधिकारी तथा सदस्यहरुको मतगणना जारी रहेको छ । मत परिणाम आज आई सक्ने निर्वाचन समितिले जानकारी दिएको छ ।
यसैबीच कास्की कांग्रेसका सभापतिका लागि शनिवार दोश्रो पटक भएको निर्वाचनमा पोखरा प्रर्दशनी केन्द्रको गेटमा एउटा प्रेस विज्ञप्ति भन्दै लिष्ट वाँडिएको थियो । त्यो लिष्टमा निर्वाचनमा सभापतिको आकाक्षी वनेर मानित मत हाँसिल गर्न नसकेका पोषनाथ शर्मा, आइवहादुर गुरुङ र गिरीराज गौतमको हस्ताक्षर गरिएको थियो ।
सो लिष्टमा सुदीप मोहन भट्टराईलाई मतदान गरौं भन्ने उर्दी जारी गरिएको थियो । सो उर्दी जारी भएपछि केही समय प्रदर्शनी मार्गको गेटमा हंगामा मच्चिएको थियो । हिजो निर्वाचनमा उठ्नेहरु आफूले मानित मत हाँसिल गर्न नसकेपछि भट्टराइको पक्षमा विज्ञप्ति जारी गरेको भन्दै मतदाताहरु आक्रोशित भएका थिए ।
सोही समयमा मतदान गरेर गेटवाट निस्कदै गरेका कांग्रेस नेता शुक्रराजकै डिजाइनमा सो कार्य भएको भन्दै मतदाताहरु आक्रोशित वनेका थिए । शर्मा प्रति आक्रोशित हुँदै मतदाताले कास्की कांग्रेस तेरो मात्रै हो भन्दै घेरावन्दी गरेका थिए । तँ कहिले शेरेको, कहिले रामेको, कहिले कोइरालाको । कांग्रेस खानी शुक्रे हो भन्दै उनीहरुले नारावाजी गरेपछि नेता शुक्रराज शर्मा मतदान स्थलवाट भागेका थिए ।
कसैले उर्दी जारी नगरेको भए सुदीप मोहन भट्टराई वलीया दावेदार भएपनि उनको पक्षमा गरिएको विज्ञप्तिवाजीले उनलाई हराउन झन् सहयोग गरेको कास्की कांग्रेस वृतमा चर्चा चलेको छ । पछिल्लो चरणका दुवै उमेद्वार दोषी होइनन् तर सुदीप विज्ञप्तिको अचानोमा परे यो नचाहिँदो प्रोपोगाण्डा भयो कास्की कांग्रेसका एक नेताले भने । किशोरले नै जितेपनि यति ठूलो मतान्तर हुने थिएन ।
यो मतान्तर हुनुमा विज्ञप्ति नै विष वन्यो उनले भने । यही विज्ञप्ति नै किशोरदत्त वराललाई सभापतिमा जिताउन साहानुभूति प्रकट गर्ने सवै भन्दा वलियो अस्त्र वनेको कार्यकर्ताको बुझाई छ । यता आफै मिल्न नसकेर पहिलो चरणमा प्रतिस्पर्धामा उत्रिएका कास्की निर्वाचन क्षेत्र ३ बाट कास्की कांग्रेसको सभापति पदका उमेद्वार बनेका पोषनाथ शर्मा र आइवहादुर गुरुङलाई मतदानस्थलमा कार्यकर्ताहरुले प्रोपोगाण्डा युक्त विज्ञप्ति निकालेको भन्दै थुरेका थिए । सो अवसरमा पोषनाथ खितिक्क हाँस्दै हिँडेका थिए भने आइवहादुर निन्याउरो मुख लगाएका थिए । अर्का हस्ताक्षरकर्ता गिरीराज गौतम भने मतदान स्थलमा देखा परेनन् ।